• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ ११, २०८३ Thu, Aug 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
शनिबार विशेष

गुन्द्रीबजारको गोप्यो गीत

64x64
बुलु मुकारुङ शनिबार, साउन १६, २०७८  १२:१९
1140x725

सन् १८१५ को सुगौली सन्धिपछि भारतमा विलय भएको दार्जिलिङमा चियाका बोट–बुटामा पैसै–पैसा फल्छ भन्ने हल्ला थियो। तत्कालीन बेलायती शासकले यस्तो हल्ला चलाएपछि दुःखी, गरीब वा कामको खोजीमा लागेका नेपाली (गोर्खाली) क्रमशः मेची नदी पारि पुग्न थाले। उनीहरुले चिया मजदुर, श्रमिक, भरिया अनि दरबान आदि काम पाए। यस्ता काममा लागेका कतिपय नेपाल फर्केनन्। उतै बिहे गरी घरजम बसाले।

अलिकपछि शिक्षा आर्जनको केन्द्र पनि बन्यो, दार्जिलिङ। जसले दार्जिलिङ पहाडमा नेपालीहरूको सघन बस्ती विस्तार बढ्यो। सन् १८३५ अघिसम्म दार्जिलिङको नाम ‘गुन्द्रीबजार’ थियो। जसको प्रमाण आज पनि ‘झट्ट कपाल कोरन सान्नानी, गुन्द्रीबजार जानलाई बेर भयो’ गीतले बोलिरहेकै छ। त्यसबखत दार्जिलिङमा करिब एक सय जति ‘गुर्खा’ अर्थात् गोर्खाली थिए भन्ने कथन पाइन्छ।

हुन त, पन्ध्रौँ शताब्दीदेखि नै गुन्द्रीबजार भनिने दार्जिलिङमा लेप्चा, लिम्बू र मगरहरू थिए। गोर्खाली शाह शासकको माझकिरात आक्रमण (सम्वत् १७७३) पछि राईहरू पनि गुन्द्रीबजार छिरे। सघन मानव बस्ती विस्तारसँगै रेलको विकासले गुन्द्री बजारको नाम दोर्लिङ, दोर्जेलिङ हुँदै दार्जिलिङ बन्यो। (सम्झाउनी : सन् १९९५/९६)

सङ्गीतकर्मी दलसिंह गहतराजका पुर्खा चन्द्रवीर गहताराज धनकुटाबाट, हीरावीर तुलाधर (शास्त्रीय सङ्गीत), बखतवीर बुडापिर्थी (ब्रास–ब्यान्ड) काठमाडौंबाट उसै बेलाको गुन्द्री बजार पुग्ने सङ्गीतकर्मी हुन्। गुन्द्री बजारको नाम रूपान्तरित हुनुमा शिक्षा, धर्म र सङ्गीत त छँदै थियो। साथै विभिन्न जातजाति आप्रवासीहरूका आगमन बसाइ–सराइ, सभ्यता, आधुनिक विकास र प्रचलनले दोर्जेलिङ दार्जिलिङ बन्न पुग्यो। त्यही क्रममा अम्बर गुरुङका बाजे पनि तनहुँदेखि गोर्खा पल्टन हुँदै दार्जिलिङ पुगेका हुन्। रेणुकादेवी गुरुङ र उजिरसिंह गुरुङका कोखबाट लालढिकी दार्जिलिङमा अम्बर गुरुङ (सन् १९३८ मार्च २५) जन्मे। 

दार्जिलिङमा रहेका गोर्खा–नेपाली जातिको सहयोग वा उत्थानका लागि ‘गोर्खा दुःख निवारण सम्मेलन’ सन् १९३२ मा स्थापना भयो। जसले प्रवासमा रहेका गोर्खालीलाई सामाजिक सद्भाव, सेवा र सहयोग मात्र बाँड्ने काम गरेन नेपाली सङ्गीतको उत्थानका लागि पनि उत्तिकै काम गर्‍यो।

दार्जिलिङमा रहेका गोर्खा–नेपाली जातिको सहयोग वा उत्थानका लागि ‘गोर्खा दुःख निवारण सम्मेलन’ सन् १९३२ मा स्थापना भयो। जसले प्रवासमा रहेका गोर्खालीलाई सामाजिक सद्भाव, सेवा र सहयोग मात्र बाँड्ने काम गरेन नेपाली सङ्गीतको उत्थानका लागि पनि उत्तिकै काम गर्‍यो। त्यसपछि ‘भाइ सङ्गीत सम्मेलन’ सन् १९४४ मा खुल्यो र पछि गोदुनी सम्मेलनमैं विलय गरियो। ‘हिमालय कला–मन्दिर’ सन् १९५० मा खुल्यो।

पछि सन् १९६० को दशकतिर मात्रै अम्बर गुरुङले ‘आर्ट एकेडेमी’ खोलेका हुन्, जुन संस्थामा सङ्गीतकर्मी कपिलराज सुब्बा, शेखर दीक्षित, पासाङ बाग्बललगायत आवद्ध थिए। कपिलराज सुब्बा पाश्चात्य सङ्गीतमा अब्बल मानिन्थे। शेखर दीक्षित गायनमा र पासाङ बाग्बल गीत रचनामा अब्बल थिए। पासाङ बाग्बलले रचना गरेको ‘घाम–जून पञ्च राखी बाचा मार’ गीत उसै समय चर्चित थियो, जुन गीतका गायक/सङ्गीतकार अम्बर गुरुङ हुन्। 

त्यसपछि क्रमशः इन्द्र थपलिया (अम्बरका मित) नयनप्रकाश सुब्बा, रुद्रमणि गुरुङ, जीतेन्द्र बरदेवा, कर्म योञ्जन, इन्द्रकुमार सिंह, रञ्जित गजमेर, देउदत्त गुरुङ, गोपाल योञ्जन, अरुणा लामा, शरण प्रधान, आशिष बोस, पिटर जे कार्थक आदि सुर–सङ्गीतकर्मी पनि आर्ट एकेडेमीमा सम्मिलित हुन पुगे। जसबाट दार्जिलिङमा नेपाली आधुनिक सङ्गीतको सिर्जनशील बढोत्तरी, तालिम र यथेष्ट प्रयोग हुन थाल्यो। विशेष गरेर आधुनिक अर्केष्ट्रेसन (वृन्द–वादन) सङ्गीतका लागि कपिलराज सुब्बा, नयनप्रकाश सुब्बा आदिको योगदन पनि जोडियो। 

nimb
nimb

सन् १९५० मै शास्त्रीय सङ्गीतको उत्थानका लागि स्थापना भएको संस्था हो, दार्जिलिङ सङ्गीत सदन। यस संस्थाका मुख्यगुरु जगदीशचन्द्र राई (जेसी राई), हरिदास प्रधान, एम.एन.प्रधान, कालु गुरुङ, मधु सिंह, निमा वाङगेल, वीरेन्द्र, हरिमोहन गुरुङ, माणिकचन्द्र प्रधान आदि शास्त्रीय साधक आबद्ध थिए। अम्बर गुरुङले भित्री रूपमा हरिमोहन गुरुङसँग शास्त्रीय गायन सिकेका थिए। पूर्वीय तथा पाश्चात्य दुवै प्रकारका सङ्गीतको यथेष्ट ज्ञान हासिल गरेका सङ्गीतकार गुरुङले आफ्नो सङ्गीत गुरुबारे कहिल्यै खुलासा गरेनन्। तथापि, उनको साङ्गीतिक आलम उठ्ने क्रम भने हरिमोहन गुरुङदेखि नै आरम्भ भएको थियो। 

अम्बर गुरुङद्वारा संस्थापित ‘आर्ट एकेडेमी’सँग आवद्ध कलाकारहरू पछि गएर छिन्नभिन्न भए। र, आ–आफ्ना सङ्गीत संस्थाहरू खोल्न थाले। जस्तै, सङ्गीतकर्मी कपिलराज सुब्बा र अंमू ल्हमू आदिले ‘कला केन्द्र’ खोले। ‘सरगम परिषद’मा मणि गुरुङ, छिमी अंमू, आरती लामा, कुमार सुब्बा, किसन प्रधान, विदुर गुरुङ, दीपक गुरुङलगायत थिए। ‘सङ्गम परिषद’मा जीतेन्द्र बरदेवा, शरण प्रधान, रञ्जीत गजमेर, अरुणा लामा, ललित योञ्जन, पिटर जे. कार्थक, प्रकाशसिंह गहताराज, मार्क कार्थक, इन्द्रकुमार गजमेर, आर.बी.रसाइली, सन्तलाल लुहागनलगायत संलग्न थिए। यसले के पुष्टि गर्दछ भने समूह सङ्गीत कर्म–कृतिको विकास र विस्तार अर्थात् स्कुलिङ दार्जिलिङमा आर्ट एकेडेमी स्थापनापछि नै भएका थिए। यसको श्रेय अम्बर गुरुङलाई नै दिन सकिन्छ। 

यसैगरी अर्को संस्था ‘सावन परिषद’ सन् १९६९, ‘कार्निभल सङ्गीत समूह’ सन् १९७१, ‘ललित नृत्य छन्दम्’ सन् १९७८ मा स्थापना भए। यी संस्थाले आधुनिक सङ्गीत, नृत्यका साथै शास्त्रीय सङ्गीतको विस्तारका लागि विशेष काम गर्न सफल भए। उल्लिखित संघ–संस्था स्थापना हुनुले दार्जिलिङमा सङ्गीतलाई पेसा वा जीविकाको विषयवस्तु बनाउन सकिन्छ भन्ने विश्वास उठेको मान्न सकिन्छ। यसमा ‘आर्ट एकेडेमी’ मूल–मियोको रूपमा देखिन्छ। यसैलाई ‘अम्बर गुरुङको साङ्गीतिक आलम’ भन्दा अत्युक्ति हुँदैन।

सन् १९६० कै दशकमा अगमसिंह गिरी जस्ता बौद्धिक व्यक्तित्वका सम्पर्कले सङ्गीत सर्जक अम्बर गुरुङलाई नेपाली संचेतनाको मूलबाटोमा ल्यायो। कवि/गीतकार गिरी र गुरुङकृत कृति ‘नौलाख तारा उदाए, धर्ती र आकाश हाँसेछ’ले नेपाली–गोर्खाली रस्तीबस्ती रसमय तुल्यायो। नेपालमा समेत चर्चा परिचर्चा हुन थाल्यो। यसै गीति कृतिको प्रतिउत्तरमा रेडियो नेपालबाट ‘फर्क हे फर्क नेपाली, तिमीलाई डाक्छ हिमाल’, रचना लक्ष्मण लोहनी, सङ्गीत नातिकाजी, स्वर पुष्प नेपाली, प्रसारित भयो। त्यस बेलासम्ममा अगम–अम्बरकृत गीत ‘नौलाख तारा उदाए’ प्रसारणमा बन्देज लागिसकेको थियो। नेपाली पहिचान, गोर्खाली गौरव र संचेतनाको स्वर दार्जिलिङमा उठ्न थालिसकेको थियो। 

जब बंगाली भाषीहरूबाट ‘रवीन्द्र सङ्गीत’ साङ्गीतिक प्रभाव वा पेलाइ सहनु पर्‍यो, त्यसलाई छिमल्न नेपाली जातिले जातीय आन्दोलनका रूपमा ‘देवकोटा सङ्गीत आन्दोलन’ पनि नचलाएका होइनन्। यस बेलासम्ममा सूर्यविक्रम ज्ञवाली, लैनसिंह बाङदेल, हरिभक्त कटुवालसँगै अम्बर गुरुङ आदि नेपाल भित्रिसकेका थिए। सन् १९६९–७० देखि अम्बर गुरुङ सधैँका लागि नेपाल भित्रिए। र, साङ्गीतिक जागिर सुरु भयो, नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानमा। नेपाली भूमिमा अम्बर गुरुङको साङ्गीतिक यात्रा यहीँबाट उठेको मान्न सकिन्छ।

जब गीत–सङ्गीतका माध्यमबाट नेपालमै बाँच्ने आधार खडा हुन थाल्यो, अम्बर गुरुङका साङ्गीतिक पथलाई पछ्याउँदै सन् १९७१–७२ तिर गोपाल योञ्जन, रञ्जित गजमेर काठमाडौं प्रेवश गरे। त्यसपछि दिव्य खालिङ, किरण प्रधान, प्रकाश गुरुङ, सुकमित गुरुङ पनि नेपाल आए। उताबाट नेपाल आइ सुर–सङ्गीत क्षेत्रमा तरक्की गर्नेहरूको लामै लस्कर देखिन्छ।

जब गीत–सङ्गीतका माध्यमबाट नेपालमै बाँच्ने आधार खडा हुन थाल्यो, अम्बर गुरुङका साङ्गीतिक पथलाई पछ्याउँदै सन् १९७१–७२ तिर गोपाल योञ्जन, रञ्जित गजमेर काठमाडौं प्रेवश गरे। त्यसपछि दिव्य खालिङ, किरण प्रधान, प्रकाश गुरुङ, सुकमित गुरुङ पनि नेपाल आए।

नेपाली सङ्गीतको मूल–प्रवाहमा नातिकाजी, शिवशङ्कर, चन्द्रराज शर्मा, सीके रसाइली (असम) जस्ता सिद्धहस्त सङ्गीतकार सहकर्मी सँगसँगै थिए। त्यस्तै अगुवा उ.गोविन्दलाल श्रेष्ठ जिवितै थिए। गायन सङ्गीत क्षेत्रमा बच्चुकैलाश, पुष्प नेपाली, प्रेमध्वज, नारायणगोपाल, कोइलीदेवी, तारादेवी, फत्तेमान, मीरा राणालगायत कलाकारको चर्चा र बर्चश्वको शिखर कायम थियो। 

यहीबेला रसिक–भोजपुरेको ‘लेकाली समूह’ नेपाली गीत–सङ्गीतको पृथक सिर्जनशील पथको दौडमा रहनुले सङ्गीत साधक अम्बर गुरुङलाई चुनौती थपिएको थियो। उता दार्जिलिङमैं रहेका कर्म योञ्जन, अशोक राई, दिलमाया खाती, अरुणा लामा, शान्ति ठटाल, दावा ग्याल्मो, मणिकमल क्षेत्री, वसन्त क्षेत्री, जीवन अधिकारी आदि पनि क्रमशः नेपाली गीत–सङ्गीतको आँगनमा उपस्थित भइसकेका थिए। 

सन् १९८० देखि १९९० को दशक नेपाली नाटकको ‘रेनेसा’ युग नै थियो। त्यसबेला नाटक, एकाङ्की, ब्याले तथा अपेरा प्रसस्तै प्रदर्शित भएका थिए। अलिक अघिको गीति नाटक ‘मुना–मदन’ (महाकवि लक्ष्मीप्रसाद देवकोटा), अनि अलिकपछि ‘मालती–मङगले’ (राष्ट्रकवि माधव घिमिरे) आदि महत्वपूर्ण कृति–कर्ममा सङ्गीतकार अम्बर गुरुङले नेपाली लोकशैली विलेपन गरी निर्माण गरेको सङ्गीत–तरजलाई पछिल्लो पुस्ताले समेत सहज ग्रहण गर्ने मौका पायो। तर मालती–मङ्गले भन्दा अघि नै ‘अनि देउराली रुन्छ’का गीतले नेपाली स्रोतबीच ढोल पिटिसकेको थियो। जसका सङ्गीतकार कमृ योञ्जन, रचना तथा नाटकका लेखक/निर्देशक मनबहादुर मुखिया थिए। 

किनकी अम्बर गुरुङद्वारा सिर्जित–संयोजित कतिपय सङ्गीत पाश्चात्य शैलीका प्रयोग हुनाले नेपालीपन खोज्ने अनेकन् कर्णका निम्ति अक्कर हुन जान्थ्यो। जस्तै ः ‘मेरो जीवनलाई जतासुकैबाट हेरिबस्छौ’ वा ‘नेपाल आमा कहीँ छौ घाम कहीँ छौ छाया हे’ आदि गीतको सङ्गीत प्रयोगधर्मी नै मान्ने गरिन्छ। 

सन् १९७१–८१ बीचका ‘कुञ्जिनी’ (महाकवि देवकोटा), ‘जब घाम लाग्छ’, ‘सपनाबाट ब्यूँझिँदा’, ‘फर्केर हेर्दा’, ‘अरनिको’ (सत्यमोहन जोशी) आदि नाटकका सङ्गीत तथा पाश्र्व–सङ्गीत सिर्जनाका अनुभवले खारिँदै आएका गुरुङले ‘मनको बाँध’, ‘जीवनरेखा’ चलचित्र र वृत्तचित्र ‘भानुभक्त’मा पनि सफलतम् पाश्र्व–सङ्गीत दिए। पाश्चात्य समूह गायनशैली ‘कोयार’को नेपाली प्रयोगले अम्बर गुरुङको साङ्गीतिक अर्को विशिष्ट ध्वजा उठाउन सहयोग मिलेको देखिन्छ। जुन गायनशैली यसअघि कोयार नामले नेपालमा कसैले पनि प्रयोग गरेको देखिँदैन। हुन त यसअघि पनि कतिपय सङ्गीतमा हर्मोनाइज तथा कोरस स्वर–समूह गायन अर्थात् पश्चिमी ढाँचाको गायन विधि भने नेपाली गीत–सङ्गीतमा प्रयुक्त नभएका होइनन्। 

अम्बर गुरुङद्वारा सिर्जित अनेकन् गीत–सङ्गीत पाइन्छन्। चर्चित तथा कालजयी गीत पनि छन्। आधुनिक, स्वदेशगान, चलचित्र साथै विभिन्न एल्बममा पनि उनका सङ्गीतका गीतहरू श्रोतामाझ आएका छन्। आफैले रचना, सङ्गीत गरी गाएका गीतहरू जस्तै, ए फूल वसन्त , मेरो जीवनलाई, क्षितिज आकाशलाई, आँखादेखि, यति सुन्दर प्रित, म अम्बर हुँ, मेरो उदासिपन, डाँडापारि हिँउ परेछ, टिप यो जोवन लगायत दजनौँ छन्। 

उनले ‘अम्बरका अमर भाका’, ‘अम्बर गायन यात्रा’, ‘अम्बर सङ्गीत सन्ध्या’ आदि एकल गायन प्रस्तुति देश तथा विदेशमा समेत गरेका थिए। ‘रातो र चन्द्र–सूर्य’ (रचनाः गोपालप्रसाद रिमाल, सहगायनः फत्तेमान) राष्ट्र–वन्दना गीतलाई २०६८ मा नेपाली सेनाले सैनिकगान घोषणा गरेको छ। यसबाट गुरुङको कीर्ति–योगदानको थप इतिहास लिपिवद्ध भएको मान्न सकिन्छ। उनका ‘पोहर साल खुशी फाट्यो’ (गायनः अरुणा लामा, गीतः राजेन्द्र थापा) ‘मेरो यो गीतमा जुन मूच्र्छना छ’ र ‘पोखिएर घामका झुल्का’ (गायनः नारायणगोपाल, गीतः हरिभक्त कटुवाल), ‘म अम्बर हुँ’, ‘कहिले लहर कहिले तरंग’, ‘डाँडापारि हिँउ परेछ’, ‘होसियार यस बखत’, ‘कमलो मुटुभन्दा ढुंगाको मुटु जाति’, ‘टिप यो जोवन’ ‘आए सबै याद’ आदि दर्जनौं गीत चर्चित तथा स्थापित छन्।  

यसैगरी नेपालको राष्ट्रगान ‘सयौं थुंगा फूलका हामी एउटै माला नेपाली’–रचना व्याकुल माइला (प्रदीपकुमार राई), सङ्गीत साधक गुरुङलाई साङ्गीतिक लयविधानका लागि प्रदान गरिनुले उनको कदरसमेत भएको छ। सयौं कालजयी सदाबहादर गीत–सङ्गीतका सर्जक सङ्गीत प्रज्ञानी अम्बर गुरुङलाई नेपाल र नेपाली जनमनले आज सम्झिरहने एउटै कारण हो, साङ्गीतिक योगदान। नाटक, गीति–नाटक, चलचित्र, वृत्तचित्र तथा एल्बम सीडी समेतमा उत्तिकै सशक्त र प्रभावशाली सङ्गीत प्रदान गरेका अम्बर गुरुङका प्रकाशित कृति ‘सम्हालेर राख’, ‘कहाँ गए ती दिनहरू’ छन्। 

गुन्द्रीबजारबाट हुर्केको उनको बौद्धिक क्षमता, अध्ययनको गहिराई र साधनाको निरन्तरता काठमाडौं भित्रिएपछि परिष्कृत हुँदै चम्कियो। साथै, साङ्गीतिक कृति–रचनाले गर्दा उनलाई नेपाली मन–मस्तिष्कले स्मरण गरिरहेका हुन्। उनका कृति, कर्म र योगदान अविष्मरणीय, उल्लेखनीय अनि प्रशंसनीय छन्। गीत–सङ्गीत अनि गायनका त्रिवेणी अम्बर गुरुङले उठाएको नेपाली सङ्गीतको ध्वजा–आलम नेपाली सङ्गीतको शिखर–शीलामा अभिलेख बनेको छ। 

प्रकाशित मिति: शनिबार, साउन १६, २०७८  १२:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
बुलु मुकारुङ
लेखकबाट थप
के थिएनन् र जयनन्द लामा?
जातिगत लोकबाजा कतिकति, तर अधिकांश लोपोन्मुख
सुदूरपश्चिमको विवाह परम्परा : लोकबाजालाई महत्त्व, विधि पनि अलग्गै
सम्बन्धित सामग्री
भानुभक्त आचार्य र उनको मुद्दा : यथार्थ एकातिर, लेखाइ अर्कातिर तर, उनको कारावासको कारणबारेमा भने कानूनकै आदर्शमा धक्का लाग्ने गरी मिथकहरू रचिएका छन्। लेखिएको मात्र कहाँ हो र? मिथकलाई नै मलजल गरेर... शनिबार, साउन ७, २०७९
‘जेल जर्नल’मा बीपीले अन्तर्राष्ट्रिय शक्तिबाट पाएको धोका लेखेका छन् सेन्टर फर साउथ एसियन स्टडिजका निर्देशक डा. निश्चलनाथ पाण्डे भू–राजनीति र कूटनीतिक मामिलाका ज्ञाता हुन्। उनी परराष्ट्र मामिला र भू–रा... शनिबार, असार ३२, २०७९
लेग स्पिनका रोलमोडल: जसले भारत र अष्ट्रेलियाबाट क्रिकेट खेल्ने प्रस्ताव अस्वीकार गरे मोरङमा जन्मिएका राजकुमार सानैदेखि खेलकुदप्रेमी थिए। उनी कराँते र फुटबलमा मात्रै होइन वेट लिफ्टिङमा पनि उत्तिकै अब्बल थिए। प्रशिक्षकह... शनिबार, असार २५, २०७९
ताजा समाचारसबै
भोटेकोशी बाढीबाट प्रभावित आयोजनाको यस्तो छ अवस्था, कुनमा कति क्षति ? बुधबार, भदौ १०, २०८३
रसुवा बाढी विपद्: बाढीलगत्तै सरकारले के-के गर्‍यो? बुधबार, भदौ १०, २०८३
भोटेकोशी वाढीमा जलविधुत्त आयोजनमा २०० कर्मचारी सम्पर्क बिहिन बुधबार, भदौ १०, २०८३
भारतले पठायो नेपाललाई १० टन मानवीय सहायता बुधबार, भदौ १०, २०८३
रास्वपा सभापति रवि लामिछानेले बोलाएर सर्वदलीय बैठक बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बीओपी टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्