काठमाडौं- नेकपा एमालेकी सांसद् पार्वती विशुंखेले संसद्लाई बिजनेसहित गतिशील बनाउनुपर्नेमा जोड दिएकी छिन्। शुक्रबार प्रतिनिधि सभाको शून्य समयमा धारणा राख्दै उनले संसद्लाई बिजनेस दिनुपर्ने बताइन्।
'संविधानसम्मत प्रतिनिधि सभा पुनःस्थापित भएको छ। सदनलाई बिजनेस दिनुपर्दछ। र बाँकी रहेका विधेयकमाथि छलफल गरिनुपर्दछ', उनले भनिन्।
विशुंखेले सदनले सबै कामहरु गर्ने भएकाले यसलाई जिवित बनाउने दायित्व सरकारको भएको बताइन्। 'यसो गरियो भने मात्रै आम नेपालीले चाहेको संविधानको रक्षा गर्न सक्छौं। लोकतन्त्र र गणतन्त्रलाई संस्थागत गर्न सक्छौं। त्यसैले सरकारले सदनलाई बिजनेसविहीन होइन, बिजनेस सहितको गतिशील सभामुखमार्फत म नेपाल सरकारको ध्यानाकर्षण गराउँदछु', उनले भनिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।