complimentary FOC Ncell Content Block complimentary FOC Ncell Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
महाधिवेशन विशेष

कांग्रेसको दोस्रो महाधिवेशन : पार्टी विभाजनपछि बीपीकै नेतृत्वको निरन्तरता

64x64
किशोर दहाल मंगलबार, साउन १९, २०७८  २१:२५
1140x725

नेपाली राष्ट्रिय कांग्रेसको स्थापनापछि त्यसले धेरैमा उत्साह र प्रेरणा सिर्जना गरिदियो। सोही सन्दर्भमा विराटनगरस्थित जुद्ध जुट मिलमा मजदुरहरुले हड्ताल गरे। २००३ फागुन २१ देखि सुरु भएको हड्तालको नेतृत्व गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारी लगायतले गरेका थिए। फागुन २६ मा हड्ताललाई नेतृत्व दिन बीपी कोइराला पनि विराटनगर पुगे। यता राणा शासकले मजदुर आन्दोलन दबाउन काठमाडौंबाट सैनिक पठायो। बीपी, गिरिजा, मनमोहनलगायत ६ जनालाई पक्राउ गरी काठमाडौं ल्याइयो।

बीपी पक्राउ परेपछि पार्टीको नेतृत्व परिवर्तन गरियो। २००३ चैत २७ र २८ मा जोगवनीमा बसेको पार्टी प्रतिनिधिहरुको सम्मेलनले कार्यकारी सभापतिमा मातृकाप्रसाद कोइरालालाई चयन गर्‍यो। आफ्‍नो पुस्तकमा इतिहासकार राजेश गौतम लेख्छन्- ‘मातृकाप्रसाद कोइरालाले पनि आफू नेपाली राष्ट्रिय कांग्रेसले सञ्चालन गर्न लागेको संघर्षको लागि मात्र सभापति हुने र कुनै कारणले संघर्ष स्थगित भएमा राजीनामा गर्ने शर्तमा नेपाली राष्ट्रिय कांग्रेसको साधारण सदस्यता पनि लिए र कार्यकारी सभापतिको पद पनि ग्रहण गरे।’ (नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली कांग्रेस, भाग-१)

यो सम्मेलनमा काठमाडौंबाट पुष्पलाल पनि सहभागी भएका थिए (पुष्पलालको पुस्तक नेपालमा कम्युनिस्ट आन्दोलनको संक्षिप्त इतिहासमा दोस्रो अधिवेशन भन्ने उल्लेख छ।) सम्मेलनले नागरिक तथा राजनीतिक अधिकार र राजनीतिक बन्दीहरुको रिहाइको माग राखेर देशभर सत्याग्रह गर्ने र ‘राणाशाही मुर्दावाद!’ को नारा लगाउने कार्यनीति पास गर्‍यो। 

सत्याग्रह सुरु भएपछि काठमाडौं उपत्यकामा पनि प्रदर्शन भयो। प्रदर्शनमा दमन भयो। ‘दमनले काम नचल्ने देखेर राणाशाहीले अर्को चाल चल्यो। नेपालका तत्कालीन प्रधानमन्त्री पद्म शमशेरले काठमाडौं उपत्यकामा गिरफ्तार गरिएका महिला तथा पुरुष राजबन्दीहरुलाई आफ्नो दरबारमा उपस्थित गराई १२ दिनभित्र संवैधानिक सुधार गर्ने छु भन्ने घोषणा गरी उनीहरुलाई रिहा गरे। यसको पछाडि जेसुकै कुटनीतिक चाल भए तापनि एक शताब्दी पुरानो राणाशाही जनआन्दोलनसमक्ष झुक्न मजवुर भएको यो पहिलो राजनीतिक घटना हो’ -पुष्पलालले लेखेका छन्।

विराटनगरबाट बीपी पक्राउ परेपछि राष्ट्रिय कांग्रेसका नेताहरुले भारतीय नेताहरुलाई रिहाइको लागि पहल गर्न आग्रह गरे। परिणामतः २००४ भदौमा बीपी रिहा भए। तर, त्यतिञ्जेलसम्म कांग्रेसको चर्चा व्यापक भइसकेको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

यसबीचमा पार्टीभित्र विवादको बिजारोपण पनि भइसकेको थियो। मातृकाले २००४ साउन १-३ मा बनारसमा बसेको पार्टी बैठकमा राजीनामा दिएका थिए। त्यसपछि डिल्लीरमण रेग्मीलाई एक वर्षका लागि कार्यवाहक सभापतिमा चयन गरिएको थियो।

बीपी जेलबाट छुटेपछि पार्टीको नेतृत्वलाई लिएर विवाद सुरु भयो। राजेश गौतम लेख्छन्- ‘आफ्ना मित्रहरुको अनुरोधलाई स्वीकार गरी विश्वेश्वरप्रसाद कोइरालाले बनारसमा भएको नेपाली राष्ट्रिय कांग्रेसको बैठकको उक्त निर्णय (रेग्मीको चयन)लाई चुनौती दिए। डिल्लीरमण रेग्मी पनि त्योभन्दा एक कदम अगाडि बढे। उनले अझै पनि नेपाली राष्ट्रिय कांग्रेसको सभापति पदमा नेपालको जेलमा रहेका टंकप्रसाद आचार्यलाई राखिरहनुपर्ने कुरालाई समयसापेक्ष देखेनन् र यसबाट नेपाली राष्ट्रिय कांग्रेसलाई कुनै फाइदा देखेनन्। यसले गर्दा उनले आफू स्वयंलाई नेपाली राष्ट्रिय कांग्रेसको कावा सभापतिको ठाउँमा पूर्णरुपले सभापति भएको घोषणा गरे।’

रेग्मीले पद छाड्न नमानेपछि बीपी आफैंले कावा सभापतिको पद सम्हाले। त्यसपछि नेपाली कांग्रेसको दुवै पक्षले एक अर्को पक्षको गतिविधिलाई अवैधानिक घोषणा गरे। त्यसपछि पार्टी दुई समूहमा विभाजित हुनपुग्यो। बीपीतिर गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई लगायत थिए। रेग्मीतिर पुष्षलाल श्रेष्ठ, देवीप्रसाद सापकोटा लगायत थिए।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

यसले पार्टीको संगठन विस्तार, कार्यक्रम सञ्चालन, सम्पर्क विस्तार र पत्राचार आदि कार्यमा नेपाल र भारतमा समेत अन्योल सिर्जना भयो। अन्योल हटाउन कोइराला समूहले २००४ पुस १९ र २० मा बनारसमै अर्को सम्मेलन आयोजना गर्‍यो। सम्मेलनले पार्टी विधान संशोधन गर्नुका साथै राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयमा महत्त्वपूर्ण निर्णय पारित गरेर आफूलाई मूलधारको पार्टीको रुपमा उभ्यायो। साथै, तुरुन्तै पार्टी महाधिवेशन गर्ने निर्णय पनि गर्‍यो। 

सम्मेलनको निर्णय अनुसार कोइराला समूहले २००४ माघ २०-२२ मा बनारसमा दोस्रो अधिवेशन आयोजना गर्‍यो। अधिवेशनको उद्घाटन बीपी कोइरालाबाटै भएको थियो। कोइरालालाई वैधानिक सभापति बनाउने उद्देश्यले गरिएको यस महाधिवेशनमा गणेशमान सिंह र नरेन्द्र रेग्मीले उनलाई सभापतिमा प्रस्ताव गरे। प्रस्तावलाई कृष्णप्रसाद भट्टराई, देवव्रत परियार र बालचन्द्र शर्माले समर्थन गरेका थिए। सर्वसम्मतीबाट सभापतिमा कोइराला निर्वाचित भएपछि विभाजनको बीचबाट पनि यसले आफूलाई मूल पार्टीका रुपमा स्थापित गरी आन्दोलन हाँक्ने अवस्थामा पुर्‍यायो। (विश्वबन्धु थापा : क्रान्तिदेखि क्रान्तिसम्म, विनोद सिजापति)

नेपाली कांग्रेसको सो महाधिवेशनको मुख्य राजनीतिक प्रस्तावमा भनिएको छ- ‘यस वर्षका लागि पनि श्री टंकप्रसाद उपाध्याय (हाल ७ वर्षदेखि नेपाल जेलमा) नेपाली राष्ट्रिय कांग्रेसका सभापति र उहाँका स्थानमा काम गर्न श्री विश्वेश्वरप्रसाद कोइराला कार्यकारी सभापति निर्वाचित हुनुभयो। श्री बालचन्द्र शर्मा एमए साहित्यरत्न नै प्रधानमन्त्री श्री नरेन्द्रप्रसाद रेग्मी नै कोषाध्यक्ष हुनुभयो। कार्यकारी सभापतिज्यूले कार्यसमितिका १५ जना सदस्यहरुमध्ये तीन जनाको नाम पछि घोषित गर्ने हुनुभएको छ।‘ (नेपाली कांग्रेस ऐतिहासिक दस्तावेजहरु)

त्यहाँ बीपीले पनि सम्बोधन गरेका थिए। उनको भनाइ थियो- ‘हामीले नेपालमा श्री ५ महाराजधिराजको वैधानिक अधिनायकत्वमा जनताको उत्तरदायी शासन नै आफ्नो उद्देश्य भन्ने कुरा ने.रा.का.को उद्घाटनको अवसरमा कलकत्तामा नै निश्चित गरिसकेको छ। यदि यस उत्तरदायी शासनको अर्थ केवल खोक्रो वैधानिक परिवर्तन अथवा प्रजातन्त्रवादको बोक्रो सिद्धान्तमा भए यसको हामीलाई कुनै आवश्यकता छैन।‘

प्रकाशित मिति: मंगलबार, साउन १९, २०७८  २१:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
कांग्रेसले स्थगित गर्‍यो १६ जिल्लाको अधिवेशन नेपाली कांग्रेसले १६ जिल्लाको अधिवेशन अनिश्चितकालका लागि स्थगित गरेको छ। कोरोना भाइरसको संक्रमण बढिरहेकाले अधिवेशन हुन बाँकी रहेका ज... शुक्रबार, माघ ७, २०७८
योग्यता नपुगेका विनोद चौधरी, उमेश श्रेष्ठ, मोहन आचार्य र जीवन राना कसरी बने उम्मेदवार? कांग्रेसको केन्द्रीय सदस्य बन्नको लागि निरन्तर १० वर्ष क्रियाशील सदस्य रहेको हुनुपर्ने मुख्य प्रावधान छ। जुन कांग्रेस विधानको धारा २... शुक्रबार, पुस ३०, २०७८
एमाले जिल्ला अधिवेशन : कञ्चनपुरमा विष्ट प्यानलको अग्रता नेकपा (एमाले) कञ्चनपुरको नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना कार्य जारी छ। ३ सय ७० मत गणना हुँदा अहिलेसम्म अध्यक्षसहितका पदाधि... बुधबार, पुस २८, २०७८
ताजा समाचारसबै
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ? बिहीबार, असोज २९, २०८३
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी बिहीबार, असोज २९, २०८३
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह बिहीबार, असोज २९, २०८३
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्