हटौँडा- प्रधानमन्त्री केपी शर्मा ओलीले केही वर्षभित्र कोही पनि नेपालीले भोकै मर्नु नपर्ने तरिकाले सरकारले काम गर्ने दोहोर्याएका छन्।
प्रदेश नं ३ को प्रदेशसभा बैठकलाई विशेष सम्बोधन गर्दै उनले नेपालीले हात फैलाएर भीख माग्नुपर्ने र कोही पनि भोकले मर्नुपर्ने स्थितिको अन्त्य हुने गरी सरकारले काम गर्ने बताए। 'नेपालीले खानका लागि हात फैलाएर भीख माग्नु पर्दैन, अब कोही नेपाली भोकले मर्नुपर्दैन, किनकि देशका जनताका लागि सरकार छ,' उनले भने।
हरेक नेपालीले सुरक्षित भएर बाँच्न पाउने र शान्ति सुरक्षाका साथ बाँच्न पाउने अधिकारको सुनिश्चित गर्ने उल्लेख गर्दै उनले 8वाद उन्मुख 8मा समग्र राष्ट्रिय उत्पादनलाई बढाएर सबै नेपालीले खान, लाउन, बस्न, पढ्न पाउनेजस्ता आधारभूत अधिकार समान रुपमा उपयोग गर्न पाउने अवस्थाको विकास गर्ने विश्वास व्यक्त गरे।
प्रधानमन्त्री ओलीले त्यसका लागि सरकारले समानुपातिक, समावेशी, आरक्षणजस्ता अधिकारको व्यवस्था गरेको बताउँदै तराईका जनताका लागि ‘जनता आवास कार्यक्रम’ लाई प्रभावकारी तरिकाले अगाडि बढाउने काममा सरकारको ध्यान केन्द्रित भएको धारणा व्यक्त गरे।
प्रधानमन्त्री ओलीले सुखी नेपाली बनाउने र पाँच वर्षको नयाँ अभ्यासमा नेपाललाई पूर्ण रुपमा आर्थिक समृद्धिको उचाइमा पुर्याउने दाबी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।