काठमाडौं- पछिल्लो २४ घन्टामा थप १ हजार ३ सय ३७ जना कोरोना संक्रमणमुक्त भएका छन्।
बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घन्टामा थप १ हजार ३ सय ३७ जना कोरोना संक्रमणमुक्त भएका हुन्। यससँगै नेपालमा कोरोनाबाट मुक्त हुनेको संख्या ६५०४४५ पुगेको छ।
मन्त्रालयका अनुसार कोरोना निको हुने दर ९४ दशमलव १ प्रतिशत रहेको छ। मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा देशभर ३ हजार ३६५ जनामा कोरोना संक्रमण पुष्टि हुँदा १४ जनाको मृत्यु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।