काठमाडौं- सडकमा हिलो भएपछि यात्रुले सास्ती पाएको भन्दै जनप्रतिनिधि र स्थानीयले विरोध गरेका छन्।
सडक निर्माणको जिम्मा पाएको ठेकेदारको लापरवाहीका कारण सडक अलपत्र परेको भन्दै उनीहरुले सडकमा कोदो रोपेका छन्।
गोरखा सदरमुकाम–आरुघाट सडकखण्डअन्तर्गत ढुङ्गागाडेमा ठेकेदारलाई सडक छिटो निर्माणका लागि दबाब दिन जनप्रतिनिधि र स्थानीयवासीले सडकमै कोदो रोपेका हुन्।
तस्वीर: केशव गुरुङ/रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।