काठमाडौं– राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष विश्वनाथ पौडेलले कोभिड–१९ र बाढीपहिरोको प्रभावका बारेमा ध्यान दिने बताएका छन्।
बिहीबार भएको पत्रकार सम्मेलनमा उपाध्यक्ष पौडेलले यस्तो बताएका हुन्। उनले अब नियमित कामका साथै ओभरल प्लानिङको गुणस्तर बढाउने, अर्थसहितका अन्य मन्त्रालयलाई छुटब्याक दिने र आफूलाई चाहिने निकायलाई बलियो बनाउने लक्ष्य रहेको बताए।
‘कोभिड र फ्ल्डको इम्प्याक्टको बारेमा हामीले हेर्नुपर्नेछ। त्यसपछि रेगुलर काम, ओभरल प्लानिङको गुणस्तर बढाउने र अर्थलगायत अरु मन्त्रालयहरुलाई छुट ब्याक दिने काम र हामीलाई चाहिने अरु निकायहरुलाई बलियो बनाउने हाम्रो लक्ष्य छ’, उनले भने।
उनले आफ्नो बाँकी कार्यकाल सरकारलाई उपयोगी हुने काम गर्ने प्रतिज्ञा गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।