काठमाडौं- बिहीबार देशका विभिन्न नदीहरुमा बहावको जोखिम रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
आज कोशी, कर्णाली र सहायक नदीहरूमा बहाव उल्लेख्य बढ्ने तथा नारायणी, महाकाली र सहायक नदीहरूमा सामान्य घटबढ हुने सम्भावना रहेको छ। त्यस्तै कमलामा बहाब बढ्ने तथा कन्काई, बागमती, पूर्वी राप्ती, तिनाउ, पश्चिम राप्ती, बबई लगायतमा सामान्य घटबढ हुने तथा जलसतह सतर्कता तह भन्दा तलै रहने पूर्वानुमान महाशाखाले गरेको छ।
आज बिहानको मापन अनुसार कोशी, नारायणी, कर्णाली, महाकाली र यिनका सहायक नदीहरुमा बहाव सामान्य रहेको तथा सबैमा सतर्कता तह भन्दा तलै रहेको छ।
प्रदेश १ को उदयपुर, खोटाङ, भोजपुर, सोलुखुम्बु, ओखलढुङ्गा, झापा, मोरङ, सुनसरी, प्रदेश २ को सप्तरी, सिराह, धनुषा, महोत्तरी, बागमती प्रदेशको दोलखा, रामेछाप, सिन्धुपाल्चोक, सिन्धुली, रसुवा, नुवाकोट, मकवानपुर, गण्डकी प्रदेशको गोरखा, लमजुङ, बाग्लुङ, कास्की, मनाङ, लुम्बिनी प्रदेशको रुकुम पूर्व, रोल्पा, कर्णाली प्रदेशको दैलेख, जुम्ला, मुगु, रुकुम पश्चिम, कालीकोट, सुदूरपश्चिम प्रदेशको दार्चुला, बझाङ, बाजुरा, अछाम र आसपास जिल्ला भई बहने स-साना नदीहरुमा बहाव बढ्ने र केहीमा आकस्मिक बहावको सम्भावना रहेको महाशाखाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।