काठमाडौं– जेठ २५ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘चङ्गा’ को ‘मेरी आमा’ बोलको गीत सार्वजनिक भएको छ।
गीतमा विद्यालय परिसरमा बन्धक बनाइएका बालकको मातृप्रेमको अभावलाई प्रस्तुत गरिएको छ। गीतमा कमल खत्रीको स्वर, शब्द र संगीत रहेको छ।
हास्यकलाकार किशोर भण्डारी (डिट्ठा साब) को लेखन र निर्देशन रहेको ‘चङ्गा’मा बुद्धि तामाङ, अंकित खड्का, लक्ष्मी बर्देवा, कमलमणि नेपाल, राजन खतिवडा, जीवन भट्टराई लगायत कलाकारको अभिनय छ।
रविन आचार्यको छायांकनमा बनेको फिल्ममा राजनराज शिवाकोटी र कमल खत्रीको संगीत छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।