काठमाडौं- स्मार्ट फोन ब्राण्ड सामसङले नेपाली बजारमा ग्यालेक्सी एफ२२ स्मार्ट फोन भित्र्याएको छ। ‘ह्यास फुलअनफन’ले भरिपूर्ण स्मार्ट फोनमा यस सेगमेन्टमा अग्रणी रहेका विभिन्न सेवाहरू उपलब्ध रहेको कम्पनीले जनाएको छ।
‘आजका टेकसेभ्भी जेन जेड युवायुवतीहरूका लागि यसमा भएका सुविधाले वास्तवमै थप सहजता प्रदान गर्नेछ। यो फोनमा ९०एजजेड रिफ्रेस रेटको साथ ६.४ इन्च एचडी प्लस एसएएमओएलईडी डिस्प्ले तथा ६००० एमएएच ब्याट्री रहेको छ,’ कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘४८ मेगा पिक्सलको क्वाड क्यामरा तथा अन्य अभूतपूर्व विशेषताहरूले वास्तवमै यो फोनलाई उत्कृष्ट स्मार्ट फोन बनाएको छ।’
ग्यालेक्सी एफ२२ को ४जीबी प्लस ६४ जीबी भेरियन्टको मूल्य २० हजार ४९९ तथा ६जीबी प्लस १२८ जीबी भेरियन्टको मूल्य २३ हजार ९९९तोकिएको कम्पनीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।