काठमाडौं- टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालि र शिखर इन्स्योरेन्स कम्पनीबीच 'अटो प्लस'मा सम्झौता भएको छ।
शिखर इन्स्योरेन्सको प्रधान कार्यालयमा आयोजित कार्यक्रममा सिप्रदी ट्रेडिङका उपसभापति सौरवराज थपलिया र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।
अटो प्लस सम्झौता टाटा मोटर्सद्वारा उत्पादित गाडीहरु टाटा योद्धा, टाटा एस र टाटा इन्ट्रामा लागू हुने कम्पनीले जानकारी दिएको छ। उक्त योजना सवारीसाधन दर्ता भएको मितिबाट पाँच वर्षसम्म लागू हुनेछ। साथै, यो स्किम व्यापक मोटर बिमा पोलिसीमा मात्र लागू हुने जनाएको छ। जसअन्तर्गत शून्य ह्रासकट्टी, गाडी मर्मत गर्न लाग्ने १५ दिनसम्म टाटा योद्धाका लागि दैनिक भाडादर तीन हजार रुपैयाँ र टाटा एस/टाटा इन्ट्राका लागि भाडादर एक हजार ५०० रुपैयाँ प्रतिपूर्ति दिनुका साथै नयाँ गाडी प्रतिस्थापन योजना लगायतका फाइदा रहेका छन्।
यो योजनामा सहभागी हुनका लागि ग्राहकले दुर्घटना भएको अवस्थामा सिप्रदी ट्रेडिङको आफूलाई पायक पर्ने नेपालभरको कुनै पनि आधिकारिक सर्भिस सेन्टरमा गएर गाडी मर्मत तथा बिमा दाबी गर्न सक्ने छन्। अटो प्लस योजनाले टाटा योद्धा, टाटा एस र टाटा इन्ट्राको ग्राहकहरुलाई थप सहज हुने दुवै कम्पनीको दाबी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।