काठमाडौं– प्रिमियर स्टीलको ३६ एमएम छडले नेपाल गुणस्तर प्रमाण प्राप्त गरेको छ।
३६ एमएमको छड ठूला परियोजनाहरु हाइड्रो पावर, पुल तथा ड्यामहरुको निर्माणमा प्रयोग गर्ने गरिन्छ।
यसअघि ३० एमएमको छड छिमेकी मुलुक भारतबाट वा अन्य मुलुकहरुबाट आयात गर्ने गरिन्थ्यो, यसले गर्दा निर्माण कार्यलाई केही आपूर्तिमा ढिलाइ हुने गरेको थियो।
प्रदेश नम्बर १ को सबैभन्दा ठूलो स्टील कम्पनीका रुपमा स्थापित कम्पनीले दैनिक ८०० मेट्रिक टन उत्पादन क्षमता राख्ने बताएको छ। कम्पनीले ८ एम एम देखि ४० एम एम सम्मका छडहरुको उत्पादन गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।