काठमाडौं- पछिल्लो २४ घण्टामा थप १ हजार ९९३ जना कोरोना संक्रमणमुक्त भएका छन्।
बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशका विभिन्न भागमा थप १ हजार ९ सय ९३ जना कोरोना संक्रमणमुक्त भएका हुन्।
पछिल्लो २४ घन्टामा थप ३ हजार ८ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा कुल १५ हजार ८०८ जनाको नमूना परीक्षाण गर्दा सो संख्याका संक्रमित थपिएका हुन्।
१० हजार ८८६ पीसीआर परीक्षण गर्दा २ हजार ६३४ र ४ हजार ९२२ को एन्टिजेन परीक्षण गर्दा १२०६ मा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप ३३ जनाको संक्रमणका कारण मृत्यु भएको छ। योसहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९७७१ पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।