काठमाडौं- बाजुरास्थित बुढीगंगा नदी पहिरोले थुनिएको छ।
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार बाजुराको गौमुल गाउँपालिका पहिरो जाँदा बुढीगंगा नदी थुनिन गएको हो। नदी थुनिएसँगै बाढीको जोखिम रहेको भन्दै तटीय क्षेत्रहरुमा साँझसम्मै उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।
बाजुरा प्रहरीले पहिरोले थुनिएको बुढीगंगा नदी बग्न सुरु गरेको जनाएको छ। तर पुन पहिरो खस्ने जोखिम भने कायम रहेको प्रहरीको भनाइ छ।
बाढी पूर्वानुमान महाशाखाले आज कोशी र यसका सहायक नदीहरूमा बहाव उल्लेख्य बढ्ने तथा केहीमा सतर्कता आसपास पुग्न सक्ने जनाएको छ भने कर्णाली, महाकाली र यसका सहायक नदीहरूमा बहाव सामान्य बढ्ने, नारायणी र यसका सहायक नदीहरुमा बहाब सामान्य घटबढ हुने पूर्वानुमान रहेको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।