विराटनगर– २५ लाख रुपैयाँको चिठ्ठा लोभमा पर्दा एक युवती ठगिएकी छिन्।
पश्चिम नवलपरासीको रामग्राम नपा. ३ बस्ने १८ की दिलमाया वि.क. लाई एक समूहले ठगी गरेको हो।
उनलाई गत महिना २५ लाख रुपैयाँको चिठ्ठा परेको भन्दै इमोमा फोन आएको थियो। त्यो पैसा पाउनका लागि सरकारलाई एक लाख रुपैयाँ कर तिनुपर्ने भन्दै पैसा मागिएको थियो।
उनले पटक पटक गरेर ९० हजार रुपैयाँ मनि ट्रान्सफरमार्फत पठाएकी थिइन्। तर, उनको चिठ्ठाको पैसा आएन। आफु ठगिएको थाहा पाएपछि प्रहरीमा उजुरी दिएकी हुन्। उनले दिएको पैसा विराटनगरमा निकालिएको थियो। सोही आधारमा मोरङ प्रहरीले निरज कुमार मण्डल र रञ्जित कुमार मण्डललाई पक्राउ गरी कारबाही अघि बढाएको छ। ठगीमा संलग्न अन्य व्यक्तिहरु फरार रहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।