विराटनगर- प्रदेश १ को नामकरणका लागि मुख्यमन्त्री शेरधन राईले आजदेखि छलफल थालेका छन्। प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका नेताहरुसँग मुख्यमन्त्री राईले नामकरणको विषयमा परामर्श थालेका हुन्।
चालु अधिवेशनबाटै प्रदेशको नाम राख्न मुख्यमन्त्री राईले प्रयास थालेका छन्। प्रदेशसभाको बजेट तथा आठौँ अधिवेशन अर्को सूचना जारी नभएसम्म स्थगन भएको छ भने यही सेरोफेरोमा सर्वसम्मति एवं सहमति जुटाउन मुख्यमन्त्री राई प्रदेशको नामकरणका लागि छलफल सुरु गरेका छन्।
मुख्यमन्त्री राईले दलका नेताहरुसँग प्रदेशको नामका लागि सहमति गरेर अगाडि बढ्नुपर्ने भन्दै छलफललाई तीव्रता दिएका छन्। प्रदेशसभामा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायत दलका नेताहरुसँग मुख्यमन्त्री राईले छलफल गरेका छन्। छलफलका क्रममा दलका नेताहरुले आ-आफ्नो पार्टीभित्र समान धारणा बनाएर अगाडि बढाउने बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।