काठमाडौं- जनता समाजवादी पार्टी (जसपा)ले संसदीय दलको विधान पारित गरेको छ। पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले संसदीय दलको विधान पारित गरेको नेता महेन्द्र राय यादवले बताए।
यसअघि जसपा संसदीय दलको बैठकले विधान पारित गरेको थियो। दलको विधान पारित भएसँगै अध्यक्ष उपेन्द्र यादव पुन: दलको नेता भएका छन्।
जसपा एकीकृत भए पनि संसदीय दलको विधान तत्कालीन राजपाबाट महन्थ ठाकुर र तत्कालीन समाजवादी पार्टीबाट उपेन्द्र यादव भएका थिए। पार्टी एक भए पनि दलको विभान छुट्टाछुट्टै थियो।
निर्वाचन आयोगबाट यादव पक्षले दलको अधिकारिकता पाएपछि उनी नै दलको नेता भएका हुन्।
मंगलबारको बैठकमा महन्थपक्षका कार्यकारिणी सदस्यहरु भने उपस्थित भएका थिएनन्। जसपा संसदीय दलको विधान ३४ जना कार्यकारिणी सदस्यले पारित गरेको यादवले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।