काठमाडौं- लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले उपयुक्त समयमा विश्वासको मत लिने प्रदेश सरकारका प्रवक्ता वैजनाथ चौधरीले बताएका छन्।
मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिन लागेको भन्दै समाचारहरु सार्वजनिक भएको भन्दै उनले आजै वा भोलिनै नभएर उपयुक्त समयमा विश्वासको मत लिइने बताए।
'उपयुक्त समयमा मुख्यमन्त्रीले विश्वासको मत लिनुहुन्छ भनेर मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दा भनेको हुँ,' आर्थिक मामिला तथा योजना मन्त्रीसमेत रहेका सरकारका प्रवक्ता चौधरीले भने,' सञ्चारमाध्यमले विश्वासको मत लिने भनेर लेखेका छन् रे! मैले समाचार हेरेको छैन। उपयुक्त समयमा लिनुहुन्छ। त्यो समय निश्चित छैन।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।