काठमाडौं- काठमाडौं उपत्यकामा थप ७ सय ७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार दिएको जानकारीका अनुसार काठमाडौं उपत्यकामा थप ७ सय ७४ जनामा संक्रमण पुष्टि भएको हो।
मन्त्रालयका अनुसार काठमाडौंमा ४७५, ललितपुरमा १६७ र भक्तपुरमा १३२ जनामा संक्रमण पुष्टि भएको हो।
काठमाडौं उपत्यकामा अहिले ८ हजार ३९ जना सक्रिय संक्रमित रहेका छन् जसमध्ये काठमाडौंमा ५ हजार ८५६, ललितपुरमा १ हजार २१७ र भक्तपुरमा ९ सय ६६ जना रहेका छन्।
पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ८९९ जना कोरोना संक्रमित थपिएका छन् भने २० जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।