काठमाडौं- पछिल्लो २४ घन्टामा थप १ हजार ७ सय ७८ जना कोरोना संक्रमणमुक्त भएका छन्।
मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घन्टामा थप १ हजार ७ सय ७८ जना संक्रमणमुक्त भएका हुन्।
यससँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ६४७०७९ पुगेको छ। मन्त्रालयका अनुसार संक्रमण निको हुने दर ९४ दशमलव ४ प्रतिशत रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।