काठमाडौं- जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षले निर्वाचन आयोगको फैसलाका विषयमा कानुन व्यवसायीसँग छलफल गर्ने भएको छ। आयोगका फैसलाले पार्टी फुटाइदिएको बताउँदै कानुनी उपचार खोज्न परामर्श लिन लागिएको हो।
महन्थ पक्षका नेता लक्ष्मणलाल कर्णले अपराह्न ४ बजे आफूपक्षीयको बैठकका साथै कानुन व्यवसायीसँग परामर्श लिइने बताए। परामर्शपछि उक्त विषयमा कानुनी उपचार खोज्न सर्वोच्च अदालतसम्म पुग्न सकिने संकेत गरे।
उनले भने, ‘हामी निर्वाचन आयोगको फैसलाका नक्कलहरु अध्ययन गर्छौं। दिउँसो बैठक बसेर फेरि छलफल गर्छौं। त्यसपछि निर्णय लिन्छौं।’
आफूहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएपछि विपक्षमै रहेको उनले बताए। उनले भने, ‘हामीले विश्वासको मत लिँदा देउवालाई समर्थन गरेका थियौं तर विपक्षमा बसेका थियौं। आज पनि विपक्षमै बस्यौं।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।