काठमाडाैं- नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानविन समितिले नयाँ इन्ट्री भएर विवाद देखिएका क्रियाशील सदस्यको समाधान अर्को महाधिवेशनमा टुंगो लगाउनेभएको छ।
१४औं महाधिवेशनका लागि स्थगन गरी प्रक्रिया पुर्याएर पछि टुंगो लगाउने बताइएको छ।
१४औं महाधिवेशनका लागि छानविन स्थगन गरिएका वडाहरु:
सुनसरी (क्षेत्र नं. ४ अन्तर्गत)
भोकाहा नरसिंह गाँउपालिका (८ वटै वडा), कोशी गाँउपालिका वडा नं. १, बराह क्षेत्र नपा वडा नं. ११
महोत्तरी
मनहरा सिसुवा नपा वडा नं ८, र १०
सर्लाही
बरहथवा नपा वडा नं. ११
रौतहट
देवाही गोनाही नपा. वडा नं. ६, माधवनारायण नपा वडा नं. १, २ र ३, दूर्गा भगवती गापा वडा नं. ४, यमुनामाई गा.पा. वडा नं. २ र ५, राजदेवी नपा. वडा नं. ५
पर्सा क्षेत्र नं. ३ (सबै विवादित)
वीरगञ्ज मनपा वडा नं. २२, २७, २९ र ३१, बहुदरमाई नपा वडा नं. २ र ६, पांगढी नपा वडा नं. ५, ६ र ७
काभ्रे
पाँचखाल न.पा. वडा नं. १२
ललितपुर
ललितपुर मनपा वडा नं. २८, महाकाल गापा वडा नं. १, महालक्ष्मी न.पा. वडा नं. ६
काठमाडाैं
टोखा नपा वडा नं. ८, १० र ११, नागार्जुन नपा वडा नं. २, ३ र ६, तारकेश्वर नपा वडा नं. ३ र ६, कीर्तिपुर नपा वडा नं. २, दक्षिणकाली नपा वडा नं. २, गोकर्णेश्वर नपा वडा नं. १, २, ३ र ४
धादिङ
रुवीभ्याली गापाका ६ वटै वडा
चितवन
रत्ननगर नपा वडा नं. ७
गुल्मी
मुसिकोट नपा वडा नं. ५
कपिलवस्तु
मायादेवी गापा वडा नं. ३
सुर्खेत
वीरेन्द्रनगर नपा वडा नं. ३, ६, ८ र ११
बर्दिया
मधुवन नपा वडा नं. ३
कैलाली क्षेत्र नं. २
जानकी गापा वडा नं. २५ र ९ बाहेक सो क्षेत्रका सबै २२ वटा वडा
डोल्पा
जिल्लाको नयाँतर्फको सबै
अछाम
कमलबजार नपा वडा नं. ८ र पञ्चदेवल विनायक नपा वडा नं. १, २ र ४
डडेल्धुरा
नवदुर्गा गापा वडा नं. ३ र अमरगढी नपा वडा नं. ५।
१३औं महाधिवेशनमा क्रियाशील सदस्यता छानविन समितिबाट सोलुखुम्बु जिल्लाको ५१५ र बारा जिल्लाको १६६ जनाको सहमति हुन नसकेर नेतृत्वकहाँ पठाइएको छ।
बारा र सप्तरी जिल्लाको नयाँ क्रियाशील सदस्यतासम्बन्धी कागजात विवरण ढिलो गरी प्राप्त हुन आएकोले छानविनमा प्रवेश नगरेको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।