काठमाडौं– नेपाली कांग्रेसका सांसद (प्रतिनिधि सभा सदस्य) दिव्यमणि राजभण्डारीले तत्काल उपसभामुखको चुनाव गर्ने व्यवस्था गर्न माग गरेका छन्। मंगलबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद् राजभण्डारीले उपसभामुख नहुँदा समस्या उत्पन्न भएकाले तत्काल चुनावी प्रक्रिया थाल्नुपर्ने माग गरेका हुन्।
'जब हामी उतिबेला प्रतिपक्षमा थियौं, त्यतिबेला पनि आवाज उठाएका थियौं। यथाशीघ्र उपसभामुखको चुनावको व्यवस्था होस्। यो पद सधैं खाली नहोस्। अहिले समितिहरुमा कार्य गर्दा समस्या देखिरहेका छौं,’राजभण्डारीले भने, ‘संसद्मा सभामुख मात्रै हुँदा संसदका अन्य काम कारबाहीमा समेत समस्या उत्पन्न भइरहेको छ।’
तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामा दिएपछि उक्त पद रिक्त भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।