काठमाडौं- नेपाली कांग्रेसका सांसद् दिव्यमणि राजभण्डारीले को मन्त्री बन्न सक्छ, को सक्दैन भन्ने बारेमा यथाशीघ्र कानुन बनाउन आग्रह गरेका छन्।
मंगलबार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै उनले व्यवसायी मन्त्री बनेकोमा चर्चा भएकाले कानुन बनाउन भनेका हुन्। 'अहिले व्यवसायीहरुको बारेमा ठूलो चर्चा भइरहेको छ। संविधानले व्यवसायीहरुलाई सांसद बन्न दिएको छ। तर, अहिले मन्त्री बनेका र हिजो मन्त्री बनेका व्यवासयीहरुको बारेमा टिकाटिप्पणीहरु आएको हुनाले को बन्न सक्छ, को सक्दैन भन्ने बारेमा कानुन र नियम बनोस्,' उनले भने।
राजभण्डारीले नियम र कानुन यथाशीघ्र बनाएर त्यस अनुसार अगाडि चल्नुपर्ने बताए। 'कानुनमन्त्री यहीँ हुनुहुन्छ। यसलाई ढिलो नगरौं। पार्टीको नियम बनाउन ढिलो गरेजस्तो यहाँ ढिलो नगरौं। यथाशीघ्र कार्य गरौं। त्यसले गर्दा हामी अघि बढ्न सक्छौं,' उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।