काठमाडाैं- एनएमबि बैंक लिमिटेडले वार्षिक ८.४९ प्रतिशत ब्याजदरमा अटो लोन (सवारीसाधन कर्जा) उपलब्ध गराउने भएको छ। बैंकले २४ घण्टाभित्रै यस्तो कर्जा प्रवाह गर्ने जनाएको छ।
'निरन्तर ब्याज बढ्ने चिन्ताबाट मुक्त हुनेगरी पाँच वर्षसम्म एउटै ब्याजदर रहने सरल तथा सहज योजना अघि सारिएको हो। विद्युतीय गाडीको हकमा भने एनएमबि बैंकले बेस रेटमै कर्जा प्रदान गर्दै आइरहेको छ। यसरी ग्राहकवर्गको आफ्नै गाडी चढने सपना पूरा गर्न समान ब्याजदरले झन् सघाउ पुर्याउने विश्वास लिइएको छ,' बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधाहरु ग्राहकमाझ प्रस्तुत गर्दै आइरहेको छ। एनएमबि बैंकले हाल देशभर १८१ शाखा, १३७ एटीएम, नाै एक्स्टेन्सन काउन्टरहरूमार्फत् सेवा प्रदान गर्दै आइरहेका छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।