काठमाडौं– नेकपा माओवादी केन्द्रका सांसद गजेन्द्रबहादुर महतले केपी ओली जस्तो गफाडी सरकारलाई बिदा गरिएको बताउँदै शेरबहादुर देउवा सरकार पनि त्यस्तै हुने हो कि भन्ने चिन्ता लागेको बताए।
मंगलबार संसदमा बोल्दै महतले नि:शुल्क बिजुलीको कुरा नगर्न सरकारको ध्यानकषर्ण गराएका छन्। ‘एउटा गफाडी सरकारलाई बिदा गरियाे अर्को सरकार पनि गफाडी हुने हो कि भन्ने चिन्ता छ।
‘खनखन्ती गनेर पैसा दिन्छु भन्दा पनि कर्णालीमा बत्ती पुगेको छैन। नि:शुल्क बत्तीको कुरा नगर्दा हुन्छ,’ महतले भने, ‘अगुल्टाले हानेको कुकुर बिजुली देखेर तर्सन्छ भने झैं हामी माननीय भूतले खाजा खाने बेलाका भएका छौँ।’
मन्त्री र माननीयकै व्यवहारका कारण केही इमान्दार माननीयले लोगो लुकाएर हिँड्नुपर्ने अवस्था आएको महतले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।