काठमाडाैं– नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानविन समितिले सीमिति स्थानका विवाद समाधान निकाल्न नसकेको जनाएको छ।
समितिले विवाद समाधान गर्न नसकेको स्थानमा शीर्ष तहलाई जिम्मेवारी दिएको छ। निर्वाचन समितिले आफ्नो प्रतिवेदन बुझाएपछि पत्रकारलाई प्रतिक्रिया दिँदै संयोजक रमेश लेखकले भने, ‘नवीकरण तर्फ ७७ वटै जिल्लाको टुंग्याएका छौं। नयाँतर्फ ७५ जिल्लाको टुंग्याएका छौं। अधिकांश कार्य सकेका छौं।’
केही निर्वाचन क्षेत्र र वडामा विवाद भई समितिले समाधान निकाल्न नसकेका स्थानको समस्याको निराकरण गर्न शीर्ष तहका नेतालाई जिम्मेवारी दिइएको उनकाे भनाइ छ।
अन्य दलबाट कांग्रेस प्रवेश गर्नेहरुको समायोजनको क्रममा विवाद देखिएका स्थानको कार्य पनि समितिले टुंगो लगाउन सकेको छैन।
बारा र सप्तरीमा नयाँ क्रियाशील सदस्य विवादका कारण ती दुबै जिल्लाको समाधान निकाल्न नसकिएको लेखकले बताए। ती जिल्लाबाट समितिलाई प्राप्त हुने कागजात पनि ढिलो गरी प्राप्त भएको उनले बताए।
धनुषा ४ र सर्लाही २ मा विवाद समाधान हुन नसकेपछि ती स्थानको निराकरण गर्न शीर्ष तहलाई जिम्मेवारी दिइएको छ १३ औं महाधिवेशनमा भन्दा यसपटक विवादित वडा कम रहेको समितिको दाबी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।