Xtreme_Content Block_More Flavors Xtreme_Content Block_More Flavors
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, मंसिर १२, २०८३ Sat, Nov 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

३५ संस्थाले भने- लुम्बिनी प्रदेशको सञ्चार विधेयक तत्काल फिर्ता गरियोस् 

64x64
नेपाल लाइभ मंगलबार, साउन १२, २०७८  १२:४०
1140x725

काठमाडौं- लुम्बिनी प्रदेश सरकारले ल्याएको मिडिया विधेयक तत्काल फिर्ता लिन ३५ सामाजिक संस्थाहरुले आग्रह गरेका छन्। विधेयकका बारेमा सरोकारवालाहरुसँग छलफलपछि तयार पारिएको प्रतिवेदनमा १७ बुदेँ कमजोरीहरु औंल्याइएको छ।  
विधेयकको उद्देश्य र औचित्य प्रष्ट नभएको, विधेयक निर्माण प्रकृयामा सरोकारवालासँग परामर्श गर्ने र सहभागी गराउने काम नगरिएको, संघीय कानुनको सर्वमान्यतालाई ध्यान नदिइएको उनीहरुको भनाइ छ।

प्रेस स्वतन्त्रता तथा नागरिक स्वतन्त्रतामा गैर–संवैधानिक रुपले अंकुश लगाउन खोजिएको, संघीय कानुनले नै कतिपय अपराधिक कार्यहरुलाई परिभाषित गरी दण्डात्मक व्यवस्था गरेको अबस्थामा फौजदारी दण्डको दोहोरो प्रणाली सृजना गर्ने व्यबस्था राखिएको, प्रेस स्वतन्त्रताका मान्यता विपरित प्रेस काउन्सिललाई सरकारको अधिनस्थ राख्नेगरी व्यवस्था गरिएको उनीहरुले उल्लेख गरेका छन्। 

विधेयकका व्यवस्थाले प्रदेश सरकारले नियन्त्रित काउन्सिलको परिकल्पना गरेको, जुन औचित्यपूर्ण नभएको प्रतिवेदनमा उल्लेख छ।   

नेपालभरका श्रमजिवी पत्रकारलाई लागू हुने संघीय श्रमजिवी पत्रकार ऐन विद्यमान रहेको सन्दर्भमा प्रदेश सरकारको जिम्मेवारी र दायित्वलाई समेटेर त्यसै ऐनलाई संशोधन गर्नु नै वान्छनीय हुने सुझावमा उल्लेख छ। अलग्गै ऐनको आवश्यकता नदेखिएको उनीहरुको सुझावमा उल्लेख छ। 

कसूर तथा सजाय सम्बन्धमा विधेकयको परिच्छेद ८ मा गरिएका व्यवस्थाहरुको संविधान र संघीय कानुनको कसीमा पुनरावलोकन गर्न जरुरी भएको प्रतिवेदनमा उल्लेख छ। संघीय कानुले नै कसुर तथा सजाय एवं न्याय निरुपण गर्ने निकायको व्यवस्था गरेको तथा गर्नसक्ने भएकाले प्रदेश कानुनमा अपवादात्मक रुपमा जरिवानाको सम्म व्यवस्थ राख्नु वान्छनीय हुने देखिएको प्रतिवेदनमा उल्लेख छ।

संवैधानिक सिमा बन्देजलाई उल्लंघन गर्ने गरी विधेयकको तर्जुमा भएको देखिएकाले प्रदेश सरकारले विधेयकलाई ऐनको रुप दिन हतार गर्नु नहुने उनीहरुको भनाइ छ। 

‘विधेयकलाई प्रदेश सरकारले फिर्ता लिएर सरोकारवालाहरुसँग व्यापक परामर्श र छलफल गरी संघीयता, मानवअधिकार र नागरिक स्वतन्त्रताका मान्यता तथा व्यवहारिक औचित्यताको आधारमा परिमार्जन तथा संशोधन गरिनु जरुरी रहेको तर्फ ध्यानाकर्षण गराउँदछौं ’ प्रतिवेदनमा भनिएको छ ‘साथै सरोकारवालाहरुले विधेयक उपर स्वामित्व ग्रहण गर्ने स्थिति सृजना गरेर मात्रै प्रदेश सभामा विधेयक प्रस्तुत गर्न लोकतन्त्र, प्रेस स्वतन्त्रता र मानव अधिकारको क्षेत्रमा क्रियाशील, नागरिक सञ्जाल, महासंघ तथा संघ संस्थाको तर्फबाट जोडदार माग गर्दछौं।’ 

लुम्बिनी प्रदेश सरकारले २०७७ जेठ २७ गते ‘सञ्चार माध्यम सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रदेश सभा सचिवालयमा दर्ता गरेको थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

जुरी नेपालसहितका संस्थाहरुले गरेको छलफलपछि यो प्रतिवेदन तयार गरिएको हो।  संविधानको प्रस्तावनामा नै “नागरिक स्वतन्त्रता”, “मानव अधिकार”, र “पूर्ण प्रेस स्वतन्त्रता” लाई संविधानकै आधारभूत सिद्धान्तको रुपमा मान्यता दिईएको भन्दै उक्त विधेयक फिर्ता लिन उनीहरुले आग्रह गरेका छन्। 

संविधानको धारा १७ (क) मा विचार तथा अभिव्यक्तिको स्वतन्त्रता, धारा १९(१) मा अपवाद वाहेक प्रेसमाथि पूर्व प्रतिबन्ध नलगाइने, धारा १९ (२) मा नियमन गर्ने बाहेक सञ्चार माध्यम बन्द, जफत, दर्ता खारेज वा त्यस्तो सामाग्री जफत नगरिने तथा धारा १९(३)मा कानुन बमोजिम बाहेक सञ्चार साधनलाई अवरुद्ध नगरिने प्रत्याभूति दिईएको प्रतिवेदनमा उल्लेख छ।

यस्ता छन् १७ बुदेँ सुझाव 

१) विधेयक निर्माण गर्दा व्यापक रुपमा सञ्चार क्षेत्र, नागरिक समाज, राष्ट्रिय मानवअधिकार आयोग लगायतका सरोकारवाला निकायसंग छलफल र परामर्श गर्नुपर्नेमा सो हुन सकेको देखिएन। साथै पत्रकार महासंघ लगायतका सरोकारवालाहरुले अग्रसक्रिय रुपमा दिएका सुझावसमेतलाई वेवास्ता गरी दर्ता गरिएको विधयेकले प्रथम दृष्टिमा नै वैधता गुमाएको अबस्था छ।  तसर्थ विधेयकलाई परामर्शयूक्त प्रकृया अबलम्वन गरि सच्याईनु पर्दछ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

२) मानवअधिकारसँग प्रत्यक्ष सरोकार राख्ने सञ्चार माध्यम सम्बन्धी संघीय कानुनको नेपाल भरी सर्वव्यापकता रहन्छ। संघीय कानुनसँग बाझिने गरी वा संघीय कानुनमा अपवाद सृजना गर्ने गरी प्रदेश कानुन बन्न सक्दैन। विधेयकको दफा २(ठ) मा प्रदेशमा तत्काल लागु रहेको कानुन हुँदासम्म सोही कानुन प्रचलित कानुन मानिने र नभएमा मात्रै संघीय कानुनलाई प्रचलित कानुन मानिने व्यवस्था गरेर प्रदेश कानुनले संघीय कानुनलाई निष्प्रभावी बनाउने गरी व्यवस्था गरेको देखिन्छ। तसर्थ संघीय कानुनको सर्वमान्यतामा आँच आउने गरी गरिएका व्यवस्थाले संवैधानिक सीमालाई समेत संकुचन गरेको छ। 

३) सञ्चार माध्यम सम्बन्धी विषय मौलिक हकसँग गाँसिएको विषय भएकाले यसका मानक प्राथमिक रुपमा संघीय कानुनमा निर्धारण गरिनु पर्दछ। संघीय कानुनलाई विस्थापन वा प्रतिस्थापन होईन कि त्यस्तो कानुनसँग परिपुरक हुनेगरी मात्रै प्रदेश र स्थानिय तहको कानुन बन्नु जरुरी हुन्छ। तथापी विधेयकको सन्दर्भमा त्यस मान्यताको पालना भएको देखिंदैन। 

४) फौजदारी कसुरजन्य कुराहरु राष्ट्रिय प्रसारण ऐन लगायतका संघीय कानुनमा नै प्रवन्ध गरिएको र त्यसअन्तर्गतका दण्डात्मक व्यवस्था नेपाल भर समानरुपले लागु हुन्पर्ने हुन्छ। केवल नियमन र सञ्चालनलाई व्यवस्थित गर्न जरिवानाको व्यवस्थासम्म प्रदेश कानुनमार्फत गर्न सकिनेमा फौजदारी कानुनको अलग्गै पद्दत्ती सृजना गर्नेगरी ब्यवस्था हुनु वान्छनिय हुँदैन। 

५) एक वर्षसम्म कैद सजाय गर्ने अधिकार प्रशासनिक निकायवाट हुन सक्ने संवैधानिक प्रवन्ध (संविधानको धारा १५२(२)) अपवादात्मक व्यवस्था हो। अपवादको रुपमा त्यस्तो न्यायिक अधिकारको अभ्यास गर्नसक्ने गरी संघीय कानुनमा मात्रै तोक्न सकिने कुरा संविधानको धारा १५२(१) को अध्ययनबाट प्रष्ट हुन्छ। पूर्ण प्रेस स्वतन्त्रता प्रत्याभूतिको कसीमा राष्ट्रिय प्रशारण ऐन लगायतका संघीय कानुन समेत संशोधन गरेर न्यायिक निकाय वा अदालतको क्षेत्राधिकारमा ल्याउनुपर्ने अवस्थामा उल्टो प्रशासनिक अधिकारीले एक वर्षसम्म कैद सजाय तोक्न सक्नेगरी प्रदेश कानुनमा व्यवस्था गर्नु संविधानसम्मत हुन सक्दैन। 

६) संघीय प्रेस काउन्सिल अस्तित्वमा रहेको सन्दर्भमा यस प्रकृतिको काउन्सिलको प्रदेश तहमा सान्दर्भिकता र औचित्यता छ वा छैन, आवश्यक छ भने त्यसको कार्यादेशको वारेमा सरोकारवालाहरुसँग व्यापक छलफल भएर मात्रै कानुनी प्रवन्ध गर्ने सोंच बनाउनुपर्नेमा त्यसो नगरी यस किसिमको संयन्त्र सृजना गर्न खोजेको देखिन्छ। प्रदेश तहमा मिडिया काउन्सिलको औचित्यता पुष्टि हुने अवस्थामा पनि त्यस्तो काउन्सिल स्वतन्त्र प्रेस तथा सञ्चार क्षेत्रका मान्यताहरुलाई आत्मसात गर्दै सरकारवाट स्वतन्त्र र निष्पक्ष रहने किसिमले गठन र सञ्चालनको व्यवस्था गरिनु वान्छनिय हुन्छ। विधेयकका व्यवस्थाले प्रदेश सरकारले नियन्त्रित काउन्सिलको परिकल्पना गरेको देखिन्छ, जुन औचित्यपूर्ण छैन। 

७) नेपाल भरका श्रमजिवी पत्रकारलाई लागु हुने संघीय श्रमजिवी पत्रकार ऐन विद्यमान रहेको सन्दर्भमा प्रदेश सरकारको जिम्मेवारी र दायित्वलाई समेटेर त्यसै ऐनलाई संशोधन गर्नु नै वान्छनिय हुन्छ। अलग्गै ऐनको आवश्यकता देखिंदैन। 

८) विधेयकको दफा ३ मा रेडियो एफ.एम, टेलिभिजन समेत सञ्चालनको व्यवस्था गरिएको छ। सोही प्रकृतिका प्रावधान संघीय कानुनमा पनि रहेको सन्दर्भमा दोहोरोपनको औचित्यताको बारेमा विचार गर्नुपर्ने दखिन्छ। संघीय कानुनसँग परिपुरक हुनेगरी मात्रै प्रदेश कानुनमा प्रवन्ध गर्न वान्छनिय हुनेछ।

९) विधेयकको दफा ४(२) मा नेपाल सरकार वा अन्य प्रदेशबाट इजाजतप्राप्त सञ्चारमाध्यम प्रदेशमा समेत रिले स्टेसन राखी सञ्चालन गर्नुपर्ने भएमा छुट्टै इजाजतपत्र लिनुपर्ने प्रावधानले दोहोरो इजाजतको झण्झटका साथै ईजाजतको हतियारको दुरुपयोग गरेर अन्य स्थानमा सञ्चालित सञ्चार माध्यमलाई लुम्बिनी प्रदेशमा रोक लगाउन सक्ने र नागरिक स्वतन्त्रता उपभोगमा गम्भिर असर पर्न सक्ने देखिन्छ। तसर्थ यस्तो व्यवस्था हटाईनु पर्दछ।

१०) संविधान र संघीय कानुनले नै सञ्चार माध्यमको सीमा बन्देज तोकेको अबस्थामा विधेयकको दफा १० मा कार्यक्रम उत्पादन गर्दा प्राथमिकता दिनुपर्ने भनि देहायका (क) देखि  (त) सम्म तोकिएका निर्देशात्मक कुराहरुले प्रेस स्वतन्त्रता तथा खुला र लोकतान्त्रिक समाजका मान्यतामा आँच आउछ। 

११) फ्रिक्वेन्सी बाँडफाँडको व्यवस्था संघीय कानून अन्तर्गत नै व्यवस्था गर्नुपर्ने प्रकृतिको भएको सन्दर्भमा दफा १६ ले गरेको व्यवस्था सान्दर्भिक देखिंदैन। यसले स्वेच्छाचारिता बढाउन सक्ने भएकाले पुनर्विचार हुनु जरुरी देखिन्छ।

१२) संवैधानिक प्रत्याभूति बर्खिलाप हुनेगरी विधेयकको दफा १९ मा पत्रपत्रिकाका दर्ता खारेजीको व्यवस्था गरिएको देखिन्छ। यस व्यवस्थालाई हटाईनु वान्छनिय हुन्छ।

१३) विधेयकको दफा २६(४) ले दर्ता र दफा २९ मा नविकरण नगरी अनलाइन सञ्चार माध्यम सञ्चालन गर्न नपाइने व्यवस्था गरेको देखिन्छ। अनलाइन सञ्चार माध्यमको विश्वव्यापकता हुने, फ्रिक्वेन्सी प्रयोग नगर्ने, स्वतन्त्र रुपमा कुनै पनि नागरिकले सञ्चालन गर्नसक्ने भिन्न विशेषतायूक्त रहेको र यस्तो वाध्यात्मक व्यवस्था संघीय कानुनमा समेत नभएको सन्दर्भमा यसले नागरिक स्पेशलाई नियन्त्रण गर्ने गरी दुरुपयोगयोग्य देखिन्छ। त्यसैले बिज्ञापन प्रकाशन तथा प्रशारण गर्ने वा व्यापारिक प्रयोजन भएका अनलाइन बाहेकका अन्य अनलाइन सञ्चार माध्यमलाई नियन्त्रण गर्ने गरी दर्ता तथा नविकरणको प्रावधानलाई हटाइनु उपयुक्त हुने।  

१४) विधेयकको दफा ३५ मा अनलाइन समाचार माध्यममा प्रकाशित प्रसारित समाचारले कसैलाई मर्का पर्ने विषयलाई परिषदको दायरा भित्र ल्याउनु उपयूक्त हुनेमा सञ्चार रजिष्ट्रारको अधिकारक्षेत्र भित्र पार्नु उपयूक्त देखिंदैन।  

१५) विधेयकको दफा ३५ को उपदफा २ मा यस ऐन बमोजिम इजाजतपत्र वा दर्ता खारेजी गर्नसक्ने गरी गरिएको व्यवस्था दुरुपयोगयोग्य छ। यो संविधान र संघीय कानुनको कसीमा पुनरावलोकन हुनुपर्ने देखिन्छ।  

१६) विधेयकको दफा ४५ मा कुनै सूचना निश्चित समयको लागि प्रकाशन, प्रसारण गर्न नपाउने गरी रोक लगाउन सक्ने गरी गरिएको व्यवस्था पूर्व प्रतिबन्ध विरुद्धको संवैधानिक प्रत्याभूतिको खिलापमा छ। यसलाई हटाईनु पर्दछ।

१७) कसूर तथा सजाय सम्बन्धमा विधेकयको परिच्छेद ८ मा गरिएका व्यवस्थाहरुको संविधान र संघीय कानुनको कसीमा पुनरावलोकन गर्न जरुरी छ। संघीय कानुले नै कसुर तथा सजाय एवं न्याय निरुपण गर्ने निकायको व्यवस्था गरेको तथा गर्नसक्ने भएकाले प्रदेश कानुनमा अपवादात्मक रुपमा जरिवानाको सम्म व्यवस्थ राख्नु वान्छनिय हुने देखिन्छ।
 

प्रकाशित मिति: मंगलबार, साउन १२, २०७८  १२:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस संसदीय दलका नेता आङ्देम्बेले भेटे राष्ट्रपति
दशौं राष्ट्रिय खेलकुदमा एनआरएनएको सहभागिताः १९ देशका खेलाडी, पदक तालिकामा चौथो स्थानको लक्ष्य
प्रधानमन्त्री शाह चिनियाँ नयाँ वर्षअघि नै चीन जाने
सम्बन्धित सामग्री
कांग्रेस संसदीय दलका नेता आङ्देम्बेले भेटे राष्ट्रपति शनिबार, मंसिर १२, २०८३
प्रधानमन्त्री शाह चिनियाँ नयाँ वर्षअघि नै चीन जाने प्रधानमन्त्रीको भारत भ्रमणअघि नेपाल आएका चिनियाँ राजदूत चाङ माओमिङले अर्थमन्त्री स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल र पररा... शनिबार, मंसिर १२, २०८३
साना–ठूला कम्युनिस्ट समूहहरूलाई एउटै केन्द्रमा ल्याउने प्रयास जारी: प्रचण्ड शान्ति सम्झौता, संविधानसभा र संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षधर शक्तिहरूसँग समेत मोर्चाबन्दीका लागि छलफल भइरहेको उनको भनाइ छ । शनिबार, मंसिर १२, २०८३
ताजा समाचारसबै
कांग्रेस संसदीय दलका नेता आङ्देम्बेले भेटे राष्ट्रपति शनिबार, मंसिर १२, २०८३
दशौं राष्ट्रिय खेलकुदमा एनआरएनएको सहभागिताः १९ देशका खेलाडी, पदक तालिकामा चौथो स्थानको लक्ष्य शनिबार, मंसिर १२, २०८३
प्रधानमन्त्री शाह चिनियाँ नयाँ वर्षअघि नै चीन जाने शनिबार, मंसिर १२, २०८३
सिग्नेचर ब्रिज निर्माणमा ढिलाइप्रति मन्त्रीको असन्तुष्टि, ठेक्का तोड्न चेतावनी शनिबार, मंसिर १२, २०८३
१२ वर्षपछि भिक्टोरियाको सत्ता गठबन्धनको हातमा, जेस विल्सन प्रिमियर बन्ने शनिबार, मंसिर १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
इन्जिनियरलाई लाग्यो भ्रष्ट्राचारको मुद्दा शुक्रबार, मंसिर ११, २०८३
विश्वकप क्वालिफायर प्लेअपका लागि नेपाली टोली घोषणा, लगातार फ्लप रहेका आशिफ र भुर्तेल अटाउँदा सोमपाल अटाएनन् शनिबार, मंसिर १२, २०८३
आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान् पक्राउ शनिबार, मंसिर १२, २०८३
साउदी अरबको जजान तेल प्रशोधन केन्द्रमा आक्रमण, एक नेपालीको मृत्यु शुक्रबार, मंसिर ११, २०८३
आखाँमा पट्टी बाँधेर चोलेन्द्र, गगन र उमेशविरुद्ध बयान दिन दबाब दिइयो : इनम शुक्रबार, मंसिर ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
१६ दिने अभियानको सन्देशः महिलालाई सुरक्षा मात्र होइन, न्याय र सम्मान पनि चाहिन्छ श्यामकुमारी साह
विप्रेषणको जोखिम र खाडी कूटनीतिको पुनरावलोकन नेपाल लाइभ
बालेन–मोदी भेटमा सुरक्षा सल्लाहकार अथवा खुफिया संस्थाका मुख्य पात्रहरुको चहलपहल नदेखिनुको अर्थ नेपाल लाइभ
दिल्लीमा बालेनको क्रेज : मोदीसँग तुलना, भारतीय युवामा नयाँ राजनीतिक अनुहारको आकर्षण नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मोदी र बालेनबीच भएको आठ बुँदे समझदारीमा के के छन् ? सोमबार, मंसिर ७, २०८३
दुई वटा सर्त राख्दै मेडिकल तथा डेन्टल कलेजहरूले गरे भर्ना नलिने घाेषणा आइतबार, मंसिर ६, २०८३
टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु मंगलबार, मंसिर ८, २०८३
बञ्चराे प्रहारबाट घाइते तीन जनाकाे मृत्युु शनिबार, मंसिर ५, २०८३
इन्जिनियरलाई लाग्यो भ्रष्ट्राचारको मुद्दा शुक्रबार, मंसिर ११, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्