काठमाडौं– इजरायलले माग गरेको एक हजार नेपाली कामदारका नेपाल सरकारले आवेदन आह्वान गरेको छ।
वैदेशिक रोजगार विभागले आज (मंगलबार) आवेदनसम्बन्धी सूचना प्रकाशित गरेको हो। २१ दिनभित्र आवेदन दिनुपर्ने सूचनामा उल्लेख छ।
आवेदन दिनका लागि २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेका हुनुपर्ने बताइएको छ।
यसैगरी आवेदक १० कक्षा उत्तीर्ण हुनुपर्ने तथा केयरगिभिङ तालिम लिएको हुनुपर्ने सूचनामा उल्लेख छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।