काठमाडौं– निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिएसँगै दलविहीन बनेको महन्थ ठाकुर पक्ष आगामी रणनीति निर्माणमा जुटेको छ।
ठाकुर पक्षका नेताहरुले आज बैठक बसेर थप रणनीति बनाउने एकबाल मियाँले बताए।
नयाँ पार्टी दर्ता गर्ने वा अन्य प्रक्रियाबाट अघि बढ्ने भन्नेबारे थप निर्णय भने साउन १५ गतेपछि मात्र गरिने महन्थ पक्षका नेत मियाँले बताए।
आगामी १५ गते सर्वोच्च अदातलले जसपाका दुवै पक्षलाई अदालतमा उपस्थित हुन भनेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।