फाइल तस्वीर
काठमाडाैं– गत असार १ गतेको बाढीले पुल बगाएको मेलम्चीमा तत्काल बेलिब्रिज सञ्चालन गरिने अर्थमन्त्री जनार्दन शर्माले बताएका छन्। सभामुख अग्निप्रसाद सापकोटासँगको भेटमा उनले सो जानकारी दिएका हुन्।
भेटमा विपद्का कारण समस्यामा परेका विभिन्न जिल्लामा सरकारको प्राथमिकताका बारेमा छलफल भएको थियो।
सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा सोमबार भएको छलफल संघीय संसद्लाई व्यवस्थित र प्रभावकारी ढङ्गले सञ्चालनका लागि आर्थिक व्यवस्थापनका विषयमा केन्द्रित थियो।
सो अवसरमा विपद् संकटग्रस्त क्षेत्र घोषित जिल्लामा सरकारको प्राथमिकताबारे पनि छलफल भएको सभामुख सापकोटाका प्रेसविज्ञ श्रीधर न्यौपानेले जानकारी दिए।
सरकारले साउन ४ गते सिन्धुपाल्चोक र मनाङलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।