काठमाडौं- टीभीएस मोटर कम्पनीले बीएसभीआई टीभीएस एनटर्क २५ रेस ट्युन्ड फ्युल इन्जेक्शन (आरटीएफआई) स्कूटरलाई नेपालमा ल्याएकोे छ।
१२५ सीसी प्रिमियम स्कुटरको रुपमा स्थापित भएको कम्पनीले दावी गरेको छ। नयाँ एडिसन स्कूटरमा ५.८.लिटरको फ्युल ट्यांक रहेको छ।
टिभिएस एनटर्क १२५ नेपालमा पहिलो ब्लुटुथ जडान गरिएको स्कूटर हो र यो उद्योगको पहिलो प्रविधि, नयाँ शैली र उत्कृष्ट प्रदर्शनको पर्यायवाची भएको कम्पनीको दावी छ।
यस लन्चको साथमा टीभीएस एनटर्क १२५ पाँच भेरिएन्ट, डिस्क, ड्रम, रेस एडिसन, रेस एडिसन र सुपरस्क्वाड एडिसनमा उपलब्ध छ। यो म्याट रेड, मेटालिक ग्रे, मेटालिक रेड, मेटालिक निलो रंगमा आउँने कम्पनीले जनाएको छ।
रेस एडिसन रेड–ब्ल्याक र एल्लो–ब्ल्याक रंगमा उपलब्ध छ, जब कि सुपर स्क्वाड एडिसन कम्ब्याट ब्लु, इन्भिन्सिबल रेड र स्तिल्थ ब्ल्याक रंगमा –उपलब्ध रहेको कम्पनीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।