काठमाडौं- विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले पार्टी अध्यक्ष रवीन्द्र मिश्रको प्रस्तावको खण्डन गरेका छन्। संघीयता खारेज र धर्मनिरपेक्षतामा जनमत संग्रह गर्ने प्रस्ताव मिश्रले अघि सारेका थिए।
उक्त प्रस्ताव पार्टीको धारणा नभइ मिश्रका व्यक्तिगत विचार रहेको पाण्डेको भनाइ छ।
मिश्रको प्रस्तावका विषयमा प्रष्ट पार्दै पाण्डले भने,‘घोषणापत्र, प्रस्तावित विधानअनुसार विवेकशील साझा पार्टी सामाजिक न्याय, समावेशीता र गणतन्त्रको जगमा बनिरहेको प्रोग्रेसिभ पार्टी हो।’
विगतमा भएका आन्दोलनका उपलब्धिहरूको रक्षा गर्ने र संविधानको पूर्णतः पालना गर्ने प्रतिवद्धतामा पार्टी दृढ रहेको उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।