काठमाडौं- नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय स्थायी कमिटीको बैठकलाई पार्टी एकतामै जोड दिनुपर्ने आत्मबोध गरेको छ।
सोमबार बुद्धनगरमा बसेको बैठकमा एकतामा जोड दिएर जाने सहमति भएको नेता रघुजी पन्तले बताए।
बैठकले एकताका लागि हालसम्म भएका प्रयासहरु सकारात्मक भएको निष्कर्ष निकालेको छ। ती प्रयासहरुलाई चाँडै नै टुंगोमा पुर्याउनुपर्ने कुरामा नेताहरुले जोड दिएको पन्तले बताए।
‘सबैको सहमति एकतामा जोड दिएर जानुपर्छ भन्ने रह्यो। मूलकुरा पार्टीको एकता हो,’उनले भने
सबै एमालेको एकताको चाहेकाले त्यसमा जोड दिनुपर्ने आत्मबोध गरिएको पनि उनले जानकारी दिए।‘नेकपा एमालेका कार्यकर्ता, मतदाता, मुलुकको राष्ट्रियता र लोकतन्त्रलाई माया गर्ने जनता नेकपा एमालेको एकता चाहन्छन् भन्ने आत्मबोध गरेका छौं,’ उनको भनाइ छ।
एकताको दिशातर्फ आफूहरु गम्भीरताका साथ अगाडि बढेर एकता सफल पार्नुपर्नेमा जोड रहेको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।