काठमाडौं- निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिने फैसला गरेको छ।
आयोगले कार्यकारिणी समितिका सदस्यहरुको सनाखत गरी सोमबार यादव पक्षलाई पार्टीको आधिकारिकता दिने फैसला गरेको हो।
सनाखतका क्रममा ५१ जना कार्यकारिणी सदस्यमध्ये ३४ जनाले यादव पक्षमा हस्ताक्षर गरेका थिए। यस्तै, १६ जनाले अर्का अध्यक्ष महन्थ ठाकुर पक्षमा हस्ताक्षर गरेका थिए भने एक जना (रेशम चौधरी) तटस्थ बसेका थिए।
यस्तो छ फैसलाको पूर्णपाठ:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।