काठमाडौं– जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता उपेन्द्र यादव पक्षले पाएपछि अर्को पक्ष (अध्यक्ष महन्थ ठाकुर निकट) नेताहरुले अर्को पार्टी दर्ता गरेर चलाउने बताएका छन्।
महन्थ ठाकुर पक्षका नेता लक्ष्मणलाल कर्णले अर्को पार्टी दर्ता गरेर चलाउने बताए। निर्वाचन आयोगले दल दर्ताको आधिकारिता उपेन्द्र यादव पक्षलाई दिएकाले आफूहरु नयाँ दल दर्ता गरेर अघि बढ्ने उनको भनाइ छ।
'निर्वाचन आयोगले उपेन्द्र जीहरुलाई दलको आाधिकारिकता दियो। आयोगको फैसलाले नै भनिसक्यो अर्को दल दर्ता गरेर चलाउन सक्नुहुने छ’, कर्णले नेपाल लाइभसँग भने,‘अब पार्टीमा छलफल गरेर नयाँ दल दर्ता गरेर अघि बढ्ने छौं।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।