काठमाडौं– निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षलाई अर्को दल गठन गर्न आदेश दिएको छ।
जनता समाजवादी पार्टी जसपाको आधिकारिता उपेन्द्र यादव पक्षले पाएपछि आयोगको इजलासको फैसला अनुसार अर्को दल दर्ता गर्न आदेश दिइएको हो।
आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले भने,‘उहाँहरु (महन्थ पक्ष)लाई अर्को दल दर्ता गर्न इजलासले आदेश दिएको छ।’
जसपाको आधिकारिकता विवाद टुंग्याउनका लागि आयोगले सोमबार कार्यकारिणी समितिका सदस्यहरुको सनाखत गरेको थियो।
सनाखतका क्रममा ५१ जना कार्यकारिणी सदस्यमध्ये ३४ जनाले अध्यक्ष उपेन्द्र यादव पक्षमा हस्ताक्षर गरेका थिए। १६ जनाले अर्का अध्यक्ष महन्थ ठाकुर पक्षमा हस्ताक्षर गरेका थिए भने एक जना (रेशम चौधरी) तटस्थ बसेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।