काठमाडौं– जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता उपेन्द्र यादव पक्षले पाएको छ।
निर्वाचन आयोगले कार्यकारिणी समितिका सदस्यहरुको सनाखत गरी अध्यक्ष उपेन्द्र यादव पक्षलाई पार्टीको आधिकारिकता दिने निर्णय गरेको हो।
सोमबार सनाखतका क्रममा ५१ जना कार्यकारिणी सदस्यमध्ये ३४ जनाले यादव पक्षमा हस्ताक्षर गरेका थिए।
यस्तै, १६ जनाले अर्का अध्यक्ष महन्थ ठाकुर पक्षमा हस्ताक्षर गरेका थिए भने १ जना (रेशम चौधरी) तठस्थ बसेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।