फाइल तस्वीर
काठमाडौं- नेपाली कांग्रेसका शीर्ष नेताको बैठक मंगलबार बस्ने भएको छ।
प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले शीर्ष तहका नेताको बैठक आफ्नो निवास बूढानिलकण्ठमा बोलाएका हुन्।
बैठकले तल्लो संरचनाको अधिवेशनको नयाँ मितिबारे निर्णय गर्ने बताइएको छ। यसअगाडि मंगलबारदेखि सुरु हुने भनिएको तल्लो तहको अधिवेशन स्थगित गरिएको थियो।
बैठकले नयाँ मितिको टुंगो लगाउने छ। यस्तै, शीर्ष तहमा भएको सहमति अनुसार केन्द्रीय समितिले उक्त निर्णयको अनुमोदन गर्नेछ।
मंगलबार नै क्रियाशील सदस्यता छानबिन समितिले आफ्नो प्रतिवेदन सभापति देउवालाई बुझाउने भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।