काठमाडौं- संघदेखि प्रदेशसम्म व्यवसायीहरुलाई मन्त्री बनाउन थालेपछि बृहत् नागरिक आन्दोलनले विरोध प्रदर्शन गर्ने भएको छ। माइतीघर मण्डलमा सोमबार (आज) ४ बजे विरोध प्रदर्शन गर्न लागिएको हो।
कोरोना महामारीका बीच नयाँ सरकारसँग स्वास्थ्यमन्त्री माग्दा व्यवासायी उमेश श्रेष्ठलाई राज्यमन्त्री बनाइदिएको भन्दै खबरदारी गरिने बताइएको छ।
यसैगरी गण्डकी प्रदेशमा डोबाटे विकका ठाउँमा व्यवसायीलाई नै मन्त्री बनाइएकोमा पनि विरोध जनाइएको छ।
विरोध प्रदर्शन गर्नुपर्ने कारणमा भनिएको छ, 'स्वास्थ्य मन्त्री खोइ भन्यौँ, यी यहाँ भनेर व्यवसायी देखाइदिए। दलितलाई दौरा सुरुवाल पहिरिन लगाएर व्यवसायीलाई शपथ खुवाइदिए।'
बीपी प्रतिष्ठानको प्रतिवेदन नआउँदै शिक्षा आयोगको प्रतिवेदन रोकाउनेहरू हाबी भएकाले आन्दोलन गर्नुपर्ने बताइएको छ। आन्दोलनको प्रश्न छ, 'के राजनीति व्यवसाय भइसकेको हो?'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।