काठमाडौं- नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको स्थायी कमिटी बैठक बसिरहेको छ।
सोमबार बानेश्वरस्थित क्वालिटी ब्याङ्क्विटमा नेपाल पक्षको स्थायी कमिटी बैठक बसिरहेको हो। यसअघि आइतबार उक्त पक्षको स्थायी कमिटी बैठक बसेको थियो। बैठकले पार्टी एकतामा जोड दिएको थियो।
एमालेका दुवै पक्षका सांसदहरुले एकता कार्यदलस्तरमा भएको १० बुँदे सहमतिलाई कार्यान्वयन गरी आन्तरिक एकता कायम राख्न दबाब दिन सुरु गरेका छन्। आइतबार दुबैपक्षका गरि २७ सांसदले छलफल गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।