काठमाडौं- कारागारबाट हस्ताक्षरका लागि निर्वाचन आयोग पुगेका रेशम चौधरीले आफ्नो दलका नेताहरुसँग छलफल गर्ने बताएका छन्।
पार्टी अध्यक्ष महन्थ ठाकुरलाई पहिले भेटेर त्यसपछि अर्का अध्यक्ष उपेन्द्र यादवलाई भेट्ने उनले प्रतिक्रिया दिए। उनले भने,‘नेताहरुसँग छलफल गर्छु। के कारणले कारागारबाट म यहाँ आइपुग्नु परेको सोध्छु।’
जनता समाजवादी पार्टी (जसपा)को आधिकारितासम्बन्धी विवाद टुंग्याउन हस्ताक्षर सनाखतका लागि कारागारमा रहेका रेशम चौधरी निर्वाचन आयोग पुगेका हुन्।
निर्वाचन आयोगमा दुई पक्षका ५० जनाले हस्ताक्षर गरिसकेका छन्। उपेन्द्रपक्षमा ३४ र महन्थपक्षमा १६ जनाले हस्ताक्षर गरेका छन्। जसपाको कार्यकारिणी समिति ५१ सदस्यीय छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।