काठमाडौं- रेशम चौधरीले जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता विवादमा आफूलाई तटस्थ राखेका छन्। निर्वाचन आयोगले जसपा विवादलाई 'हेड काउन्ट'द्वारा टुंग्याउने भएपछि उनी केन्द्रीय कारागारबाट आयोग कार्यालय पुगेका थिए।
आयोग पुगेपछि उनले पार्टीका नेताहरुसँग छलफल गर्ने बताएका थिए। उनले आफ्नो मुद्दाको विषयमा नेताहरुसँग छलफल गर्ने बताएका थिए। त्यसपछि उनले केही समय महन्थ ठाकुरसँग छलफल गरेका थिए।
'म पार्टीको बफादार सिपाही हुँ। म राजपाबाट निर्वाचित भएको हुँ,' आयोगबाट बाहिरिँदै चौधरीले भनेका थिए।
उनले पार्टीमा ठाकुरलाई महाभारतका पात्र भीष्मसँग तुलना गरेका थिए। 'मेरो लागि पक्ष पनि जसपा हो, विपक्ष पनि जसपा नै हो,' उनले भने।
चौधरीको सनाखतसँगै केन्द्रीय कार्यकारिणी समितिमा उपेन्द्र यादवको पक्षमा ३४ जना र ठाकुरको पक्षमा १६ जना सदस्य पुगेका छन्। एक जना (चौधरी) भने तटस्थ बसेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।