फाइल तस्बिर
काठमाडाैं- जनता समाजवादी पार्टी (जसपा)को आधिकारितासम्बन्धी विवाद टुंग्याउन हस्ताक्षर सनाखतका लागि कारागारमा रहेका रेशम चौधरी निर्वाचन आयोग पुगेका छन्।
आयोगले केन्द्रीय कारागारलाई लेखेको पत्रको आधारमा उनलाई हस्ताक्षरका लागि आयोग पठाइएको छ। चौधरीले आफ्नो पक्षमा हस्ताक्षर गर्ने दुवै पक्षले दाबी गरेका छन्।
निर्वाचन आयोगमा दुई पक्षका ५० जनाले हस्ताक्षर गरिसकेका छन्। उपेन्द्रपक्षमा ३४ र महन्थपक्षमा १६ जनाले हस्ताक्षर गरेका छन्। जसपाको कार्यकारिणी समिति ५१ सदस्यीय छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।