फाइल तस्वीर
काठमाडौं- निर्वाचन आयोगले केन्द्रीय कारागार डिल्लीबजारलाई पत्र लेख्दै रेशम चौधरीलाई हस्ताक्षरका लागि पठाउन आग्रह गरेको छ।
केन्द्रीय कारागारमा आएको पत्र अनुसार कारागार व्यस्थापन विभागको स्वीकृतिको प्रतिक्षा गरिएको बताइएको छ। कारागार व्यवस्थापन विभागले स्वीकृति दिएपछि हस्ताक्षरका लागि चौधरीलाई निर्वाचन आयोग पुर्याइने भएको छ।
जसपाका दुई पक्षले पार्टीको आधिकारिकता दाबी गरेपछि आयोगमा हेड काउन्ट जारी रहेको छ। दुई समूहका नेतालाई फरक फरक लाइनमा उभ्याएर हस्ताक्षर गराइएको छ। उपेन्द्र पक्षमा ३४ जना र महन्थ पक्षमा १६ जनाले हस्ताक्षर गरेका छन्। कार्यकारिणी समितिमा उपेन्द्रपक्ष स्पष्ट बहुमतमा देखिएको छ।
कारागारमा रहेका चौधरीले पनि उपेन्द्र पक्षमा हस्ताक्षर गर्ने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।