काठमाडौं- फुडमाण्डुका ग्राहकले मोबाइल वालेट ईसेवामार्फत् अर्डर भुक्तानी गर्दा छुट सुविधा पाउने भएको छ। फुडमाण्डु र ईसेवाबीच भुक्तानी सेवा उपलब्ध गराउने बारेमा सम्झौता भएको हो।
सम्झौतासँगै ईसेवाका प्रयोगकर्तालाई थप सुविधा दिइनेछ भने फुडमाण्डुका प्रयोगकर्ताले थप भुक्तानीको माध्यम उपयोग गर्नसक्ने छन्। फुडमाण्डूले ईसेवाबाट भुक्तानी गर्ने ग्राहकलाई पहिलो अर्डरमा २० प्रतिशत वा ३०० रूपैयाँसम्मको छुट दिने घोषणा गरेको छ।
फुडमाण्डुमा हुने अर्डरमध्ये अनलाइन पेमेन्टमा ग्राहकको रूचि बढिरहेको बेलामा ईसेवाको उपलब्धताले थप सहज हुने कम्पनीका ब्राण्ड, सेल्स एण्ड मार्केटिङ म्यानेजर श्यामरत्न मालीले बताए।
‘हाम्रोमा अहिले ३० प्रतिशतभन्दा धेरै अनलाइन पेमेन्ट भइरहेको छ र ठूलो नेटवर्क भएको ईसेवालाई जोड्न पाउँदा त्यसमा अझ वृद्धि हुने अपेक्षा गरिएको छ। यसले अब ग्राहकहरूलाई सजिलो तरिकाले फुड अर्डर गर्दा भुक्तानी गर्न सकिनेछ,’ उनले भने, ‘ईसेवाको बृहत नेटवर्कमा भएका ग्राहकले सजिलै फुडमाण्डुबाट खानेकुरा अर्डर गर्न सक्ने छन्।’
सो सहकार्यले डिजिटल नेपालको अभियानलाई सहयोग गर्ने र ग्राहकहरूलाई सजिलो हुने अपेक्षा गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।