काठमाडाैं- खल्ती डिजिटल वालेटले खल्तीमा दर्ता गरिएको मोबाइल नम्बरमा टपअप गर्दा १० प्रतिशत क्यासब्याक पाइने अफर ल्याएको छ। यो अफर टपअप सेवामा हालसम्म नेपालकै सबैभन्दा बढी प्रदान गरिएको क्यासब्याक रहेको कम्पनीले जानकारी दिएको छ।
प्रयोगकर्ताहरुका लागि रहेको यस अफरले मोबाइल टप अप गर्न पसल धाइरहनुपर्ने र रिचार्ज कार्ड स्क्र्याच गर्नुपर्ने झन्झटलाई न्यूनीकरण गरी ग्राहकहरुको पैसा र समयको बचत गर्न उक्त अफर सञ्चालनमा ल्याइएको खल्तीका ब्राण्ड तथा मार्केटिङ प्रबन्धक शिरिष श्रेष्ठले बताए।
एनसेल, नेपाल टेलिकम र स्मार्टको टपअपमा लागू हुने यो अफरअन्तर्गत क्यासब्याक पाउन जुन नम्बरमा आफ्नो खल्ती आइडी रहेको छ सोही नम्बर खल्तीबाट रिचार्ज गर्नुपर्ने कम्पनीले जनाएको छ। साथै, खल्ती केवाईसी पनि भेरिफाई भएको युजर खाता हुनुपर्नेछ।
साउन ७ देखि सुरु भएको यो योजना सीमित समयावधिको लागि उपलब्ध हुनेछ। क्यासब्याक हरेक नेपाली महिना अनुसार एक महिनाको अधिकतम १०० रुपैयाँ हुनेछ भने त्यसपश्चात् सामान्य रूपमा पाइने एक प्रतिशत उपलब्ध हुनेछ। आफ्नोबाहेक अरुको नम्बर रिचार्जमा पनि सामान्य रूपमा पाइने एक प्रतिशत क्यासब्याक उपलब्ध हुनेछ।
खल्ती नेपाल राष्ट्र बैंकबाट मान्यता प्राप्त अनलाइन भुक्तानी सेवा प्रदान गर्ने कम्पनी हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।