• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, जेठ २९, २०८३ Fri, Jun 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

गर्भवतीलाई बच्चा जन्माउन सजिलो बनाउने व्यायाम, अभिनेत्री प्रियंकाका पाँच टिप्स

64x64
नेपाल लाइभ सोमबार, साउन ११, २०७८  ०७:०१
1140x725

काठमाडौं- यतिबेला अभिनेत्री प्रियंका कार्की आफ्नो गर्भावस्थामा रमाइरहेकी छन्। पेट ठूलो भएका फोटो र भिडियो सामाजिक सञ्जालमा राख्ने गरेकी छन्। कतिले उनको तारिफ गरेका छन् भने कतिले आलोचना पनि गरेका छन्।

गर्भवती अवस्थामा लाजले पेट लुकाएर हिँड्ने महिलाका लागि भने उनी प्रेरणा बनिरहेकी छिन्। उनले गर्भवतीहरुलाई व्यायामबारे टिप्स पनि दिइरहेकी छिन्। उनले दिएका यी टिप्स हामीले उनको युट्युव च्यानलबाट लिएका हौँ।

व्यायामको समयमा एक जना साथी नजिकै हुनुपर्ने उनका श्रीमान् तथा अभिनेता आयुशमान देशराज जोशीले भिडियोमा बताएका छन्। उनीहरुले सुझाएको व्यायाम चारदेखि ६ महिनाबीचका गर्भवतीका लागि मात्रै उपयोगी हुनेछ। यी व्यायामले गर्भवतीलाई बच्चा जन्माउने समयमा मद्दत मिल्नेछ।

१. श्वास फेर्ने व्यायाम
श्वास फेर्ने व्यायाम तीन प्रकारले गर्न सकिन्छ। उठेर या उठ्न नसकेको खण्डमा बसेर पहिलो प्रकारको व्यायाम गर्न सकिन्छ। यसमा एक सेकेण्ड नाकले श्वास भित्र तान्ने र दुई सेकेण्ड लगाएर मुखबाट बिस्तारै फाल्ने गर्नुपर्छ। अथवा जति समय श्वास तान्न लगाइन्छ, त्यसको दोब्बर समय श्वास फाल्न लगाउनुपर्छ। यो प्रकृया तीन पटकसम्म गर्नुपर्छ।

दोस्रो र तेस्रो व्यायाम भने उठेर मात्रै गर्न सकिन्छ। यसमा श्वास नाकले भित्र तान्दा दुवै हात सिधा अगाडितिर लैजानुपर्छ। श्वास मुखले बाहिर फाल्दा भने हात सतर्क अवस्थामा लैजानुपर्छ। यो व्यायाम पनि पहिलो जस्तै नाकले श्वास तान्दाको भन्दा दोब्बर समय लगाएर मुखले फाल्नुपर्छ। यो प्रक्रिया पाँच पटकसम्म गर्नुपर्छ।

तेस्रो व्यायाम दोस्रोसँग मिल्दोजुल्दो छ। दोस्रोमा दुवै हात अगाडि तन्काइएको थियो। तेस्रोमा श्वास तान्दा हात दायाँ–बायाँ सिधा बनाएर तन्काउने र फाल्दा फेरि सतर्क अवस्थामा बस्नुपर्छ। यो व्यायामलाई हतारमा गर्नुहुँदैन। फुर्सदमा सजिलोसँग गर्नुपर्छ।

श्वास फेर्ने कसरतले बच्चा जन्माउने समयमा आमालाई बल प्रयोग गर्न सजिलो बनाउँछ। साथै, आमाको मस्तिष्क शान्त राख्न र कुनै काममा ध्यान बनाइराख्न मद्दत गर्छ। बच्चा जन्माउने समयमा पनि आमाको ध्यान अन्त मोडिन हुँदैन।

nimb
nimb
Ncell 2
Ncell 2

२. नितम्बको व्यायाम
नितम्बको व्यायाम गर्दा पहिले सिधा उभिनुपर्छ। जुन खुट्टा सजिलो लाग्छ त्यसलाई अगाडि ल्याउनुपर्छ। अगाडि आएको खुट्टालाई थोरै खुम्च्याउनुपर्छ र भार पछाडिको खुट्टामा पार्नुपर्छ। एउटा हात कम्मरको अगाडि भाग अर्थात पेटको तल र अर्को कम्मरको पछाडि राख्नुपर्छ। बिस्तारै नितम्ब अगाडी र पछाडी गर्नुपर्छ। झट्ट हेर्दा यो व्यायाम कम्मर हल्लाएर नाचेजस्तै देखिन्छ। यही ‘पोस्चर’मा पाँच पटकसम्म नाकले श्वास भित्र लाँदै मुखले फाल्दै गर्नुपर्छ।

यो व्यायामले पेट बढ्दै जाँदा सहज बनाउन मद्दत पुग्छ। गर्भवती हुँदा पेटमा बच्चा बढ्दै जाँदा अप्ठ्यारो हुँदै जान्छ। उठ्न, बस्न या केही काम गर्न समस्या हुन्छ। त्यस्ता समस्या कम गर्न यो व्यायाम उपयोगी हुन्छ।

३. मेरुदण्डको व्यायाम
चारदेखि ६ महिनाका गर्भवतीले मेरुदण्डको व्यायाम गर्न जरुरी छ। सामान्य काम र चहलपहल गरिरहनेका लागि यो व्यायामको आवश्यकता कम परे पनि घरै बसेर समय बिताउने गर्भवतीका लागि भने निकै जरुरी छ। यो व्यायामले बच्चा जन्माउने समयमा सहज बनाउन मद्दत गर्छ।

व्यायामका लागि सुरुमा कुनै सोफा या कुर्सीमा सजिलोसँग बस्नुपर्छ। खुट्टाले भुइँ छुनुपर्छ। पिठ्युले अडेस लाग्न भने हुँदैन। यति गरिसकेपछि श्वास भित्र–बाहिर गर्दै मेरुदण्ड सिधा बनाउने र खुम्च्याउने गर्नुपर्छ। यस्तो अवस्थामा दुवै हात सिधा बनाएर थाइमा राख्नुपर्छ। मेरुदण्ड खुम्च्याउँदा पेट खुम्च्याउनु हुँदैन। यो कसरत गर्दा नजिक रहेका कसैले पिठ्युमा हात राखिदिँदा राम्रो हुन्छ। यसले हात राखेको ठाउँमा मात्रै खुम्चिन सहयोग पुग्छ।

४. थाइको व्यायाम
बच्चा जन्माउने समयमा थाइ बलियो हुन जरुरी छ। किनभने बच्चा जन्माउँदा लामो समय दुवै खुट्टा फट्याउँदा थाइ तन्कन्छ।

यो व्यायाम गर्न सिधा उभिएर कतै अडेस लाग्नुपर्छ। त्यसपछि दुवै खुट्टा बिस्तारै फट्याउनुपर्छ। जति सक्दो फट्याउँदै जाने। सुरुमा धेरै फाट्टिएन भने पनि चिन्ता नगर्ने। यो व्यायाम गर्दै जाँदा बिस्तारै दुई खुट्टाको दूरी बढ्दै जान्छ। दुवै खुट्टा फाटिएपछि एउटा खुट्टा खुम्च्याएर पैतालाले थाइलाई छुन कोसिस गर्ने। यसरी एउटा खुट्टा सिधा र अर्को खुट्टा दोबार्दा त्यहाँ त्रिकोण आकार बन्छ। यहि आकारमा १५ सेकेण्ड बिताउन कोशिस गर्ने। योबीचमा श्वास भित्र बाहिर भने गरिरहने। अनि अर्को खुट्टाका लागि पनि यही व्यायाम दोहोर्‍याउने।

५. रक्त प्रवाह व्यायाम
गर्भवती अवस्थामा शरीरका सबै भागमा रगत प्रवाह हुन जरुरी छ। नत्र शरीर सुन्निने समस्या आउन सक्छ। त्यसैले सजिलोसँग रक्त प्रवाह हुनका लागि यो व्यायाम जरुरी छ।

यो व्यायामका लागि सुरुमा खुट्टा सिधा बनाएर बस्नुपर्छ। मेरुदण्ड सिधा बनाएर दुवै हात घुँडामा राख्नुपर्छ। यस्तो अवस्थामा मेरुदण्डलाई कुनै वस्तुमा अड्याउन पनि सकिन्छ। त्यसपछि बिस्तारै सिधा भएको खुट्टाका औंला र पुरै पैतालालाई चलाउनुपर्छ। यो प्रक्रिया ३० सेकेण्डसम्म गर्नुपर्छ। यो व्यायाम गर्भवतीले किताब पढ्दै, टीभी हेर्दै वा अन्य मानिससँग कुराकानी गरिरहेको समयमा पनि गर्न सक्छन्।

प्रकाशित मिति: सोमबार, साउन ११, २०७८  ०७:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बालसैन्य प्रयोगमा प्रचण्ड-बाबुरामविरुद्ध अभियोजन गर्नु नपर्ने सर्वोच्चको ठहर
६ महिनामै सरकार ढाल्न भदौको भन्दा सशक्त आन्दोलन गर्ने महेश बस्नेतको चेतावनी
परराष्ट्रमन्त्री खनाल आइतबार चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
सम्बन्धित सामग्री
माइग्रेन: कारण, लक्षण र रोकथामका १० उपायहरू विश्वभर टाउको दुखाइका कारणहरूमध्ये माइग्रेन दोस्रो ठुलो कारण हो भने स्नायु सम्बन्धी अपाङ्गता ल्याउने यो पहिलो प्रमुख कारण हो। तथ्याङ... बुधबार, फागुन १३, २०८२
किन आवश्यक छ औषधि खाने सही समय ? औषधिहरु सही ड्युरेशनमा खाइएन भने त्यसले रगत मार्फत शरीरमा गएर जसरी काम गर्नुपर्ने हो त्यो गर्न सक्दैन। सही समावधिमा औषधिमा नखाँदा त्... शनिबार, फागुन ९, २०८२
खानपान र निद्रा: के खाने र कहिले खानेले कति फरक पार्छ? ढिलो राति धेरै खाना खाएपछि भोलिपल्ट थकित महसुस हुनु सामान्य हो। धेरै र गह्रौँ खाना पचाउन शरीरले बढी ऊर्जा खर्च गर्नुपर्छ, जसले गहिरो... शनिबार, माघ २४, २०८२
ताजा समाचारसबै
बालसैन्य प्रयोगमा प्रचण्ड-बाबुरामविरुद्ध अभियोजन गर्नु नपर्ने सर्वोच्चको ठहर शुक्रबार, जेठ २९, २०८३
६ महिनामै सरकार ढाल्न भदौको भन्दा सशक्त आन्दोलन गर्ने महेश बस्नेतको चेतावनी शुक्रबार, जेठ २९, २०८३
परराष्ट्रमन्त्री खनाल आइतबार चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका शुक्रबार, जेठ २९, २०८३
हतियारसहित सुस्ता प्रवेश गरेका भारतीय सुरक्षाकर्मीविरुद्ध स्थानीयको प्रतिरोध शुक्रबार, जेठ २९, २०८३
अर्थमन्त्री वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न नेकपाको माग शुक्रबार, जेठ २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
फिफा विश्वकप : उद्घाटन खेलमै तीन खेलाडीलाई रातो कार्ड शुक्रबार, जेठ २९, २०८३
यूएई जाने श्रमिकमाथि थपिएको १४ हजार आर्थिक भार हटाउन प्रधानमन्त्रीको निर्देशन बिहीबार, जेठ २८, २०८३
संसदमा उठ्यो 'केपी ओलीलाई रास्वपाको सदस्यता' दिइएको विषय बिहीबार, जेठ २८, २०८३
भ्रष्टाचार आरोपमा अर्थमन्त्रीको प्रतिवाद- ‘तपाईंका काण्डबारे हामी अनभिज्ञ हो र, ती पनि खुल्नेछन्’ बिहीबार, जेठ २८, २०८३
फिफा विश्वकप : उत्कृष्ट कमब्याक गर्दै दक्षिण कोरियाले चेक रिपब्लिकलाई हरायो शुक्रबार, जेठ २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दरबार हत्याकाण्डको सम्झना : यस्तो थियो उच्चस्तरीय छानबिन समितिले बुझाएको ‘घटनाको यथार्थ विवरण’ बुधबार, जेठ २७, २०८३
फिफा विश्वकप : उद्घाटन खेलमै तीन खेलाडीलाई रातो कार्ड शुक्रबार, जेठ २९, २०८३
आइतबारको सार्वजनिक बिदा हटाइने दाबीहरू निराधार रहेको सरकारको स्पष्टीकरण आइतबार, जेठ २४, २०८३
यी हुन् गृहमन्त्रीका चार निर्णय मंगलबार, जेठ २६, २०८३
रड प्रहार गरी श्रीमतीको हत्या गर्ने 'नेपाली ब्रो' भनिने कुमार थापा पक्राउ शनिबार, जेठ २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्