काठमाडौं– अमेरिका लैजाने भन्दै अफ्रिका पुर्याएर अलपत्र बनाउने बाग्लुङका राजु भन्ने जेसन श्रीस पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआईबी)ले उनलाई श्रीसलाई पक्राउ गरेको हो।
उनले ६ जना युवाहरुलाई भारतबाट सिंगापुर हुँदै मलेसिया, थाइल्याण्ड, नाइजेरिया हुँदै अफ्रिकाको टोगोमा पठाइएका थिए।
७ महिनासम्म उनीहरु त्यहाँ अलपत्र परेका थिए। नेपाली दुतावासको सहयोगमा उनीहरु नेपाल फर्किएक थिए। उनीहरुको उजुरीमा श्रीस पक्राउ परेका हुन्।
पक्राउ परेका श्रीसलाई मानव बेचबिखन मुद्दामा कारबाही अघि बढाइएको सिआईबीका एसपी बुद्धिराज गुरुङले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।