• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

चार क्लबसामु निरीह बन्यो एन्फा, ए डिभिजन लिग नै संशयमा

64x64
दीप सुवेदी शनिबार, साउन ९, २०७८  १२:०७
1140x725

काठमाडाैं- नेपाली खेलकुद र विवाद एक अर्काका परिपुरक जस्तै भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) त झनै धेरै विवादमा फस्ने खेलकुद संघ भएको छ। पछिल्लो पटक पनि लिग आयोजनालाई लिएर विवाद सुरु भएको छ। आगामी ३ असोजदेखि हुने भनिएको शहीद स्मारक ए डिभिजन लिग अहिलेबाटै विवादमा परेको छ।

लिग गतिविधि रोक्न चार क्लबले एन्फामा पत्र बुझाएका छन्। तर, लिग सन्चालनका लागि एन्फाले ३१ असारमा ए डिभिजन क्लबहरूलाई इमेलबाट पठाएको पत्रमा १० साउनभित्र टिम दर्ता गर्न समय दिएको छ। केही क्लबले खेलाडी आबद्ध गर्दै तयारी सुरु गरिसकेका छन्।

थ्रीस्टार, जावलाखेल युथ, फ्रेन्ड्स र ब्रिगेड ब्वाइज क्लबले भने टिम दर्ता गर्न एन्फाले दिएको समयसीमाप्रति असन्तुष्ट जनाएका छन्। उनीहरुको तर्क छ, ‘कोरोनाका कारण लिगका गतिविधि सुरु गर्न उपयुक्त हुँदैन।’

यी चार क्लबको दाबीजस्तो अन्य देशमा भने खेल गतिविधि रोकिएका छैनन्। जापानको टोकियोमा खेलकुदको कुम्भमेला ओलम्पिक सुरु भइसकेको छ। भर्खरै कोपा अमेरिका र युरोकप फुटबल सकिए।

गत चैतमा एन्फाले नै त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ‘थ्री नेसन्स कप’ अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता आयोजना गरेको थियो। यस्तै, गत वैशाखमा नेपाल क्रिकेट संघ (क्यान) ले त्रिवि मैदानमा त्रिकोणात्मक टी२० अन्तराष्ट्रिय श्रृङ्खला आयोजना गरेको थियो।

हतारमा एन्फा, क्लबहरुको आफ्नै ताल
कोरोनाकै कारण अघिल्लो वर्ष लिग सञ्चालन गर्न नसकेपछि एन्फालाई यसपटक आयोजनाको दबाब परेको छ। किनभने गएको वैशाखमा निजी घराना व्यवसायीहरुले नेपाली फुटबलको इतिहासमा पहिलो पटक बोलकबोल (अक्सन) मार्फत खेलाडी छनोट गरेर फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) आयोजना गरे। त्यसपछि प्रश्न उठ्यो, ‘पैसावालाले लिग सञ्चालन गर्न सक्ने, तर एन्फाले किन नसक्ने?’

एनएसएल खेलाउनको लागि एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा आफैं लागि परेका थिए। उनले नै खेल गतिविधि सञ्चालन गर्ने वातावरणदेखि मैदान र रेफ्रीको व्यवस्थासमेत मिलाइदिएका थिए। निजी क्षेत्रले सफलतापूर्वक एनएसएल सञ्चालन गरेपछि ए डिभिजन लिग छायामा पर्ने आशंका गरिएको थियो। आम्दानी र खेल प्रतिश्पर्धाको हिसाबले एनएसएलमा खेलाडी पनि आकर्षित हुँदा एन्फालाई पुरानो साख जोगाउन दबाब पर्नु स्वभाविक हो।

Ncell 2
Ncell 2
nimb
nimb

एन्फालाई अर्को डर विश्व फुटबल महासंघ (फिफा)ले सहयोग रोकिदिने हो कि भन्ने पनि हो। फिफाले हरेक राष्ट्रलाई फुटबल गतिबिधि सञ्चालन गर्नको लागि आर्थिक सहयोग गर्छ। पोहोर पनि फुटबल लिग सञ्चालन गर्न एन्फाका लागि पाँच लाख डलर छुट्याएको थियो।

यस्तै, ए डिभिजन लिगका लागि मात्र सरकारले चार करोड बजेट विनियोजन गरेको छ। तर, लिग नै सञ्चालन नगरे उक्त रकम फिर्ता दिनुपर्छ। फिफाको कारबाहीमा पर्ने संभावना पनि हुन्छ। त्यसकारण एन्फाले ए डिभिजन र राष्ट्रिय लिग एकैपटक गर्ने बाटो रोजेको हो।

एन्फाले क्लबलाई प्रस्ताव गरेको ‘एन्फा लिग तालिका २०७८’ मा ६ महिनाको ए डिभिजन र राष्ट्रिय लिग गर्ने उल्लेख छ। एन्फाले प्रस्ताव गरेको तालिकामा साफ च्याम्पियनसिप, एएफसी महिला च्याम्पियनसिप छनोट लगत्तै राष्ट्रिय लिग हुने जनाइएको छ। राष्ट्रिय लिग सुरु भएपछि मात्रै ए डिभिजन लिग सुरु हुने तालिका छ।

पूर्व निर्धारित तालिका अनुसार ३० भदौबाट राष्ट्रिय लिग र ३ असोजबाट ए डिभिजन लिग सुरु हुनु पर्ने हो। तर, गत १४ असारमा एन्फा र ए डिभिजन क्लबहरुको संयुक्त बैठकमा प्रतियोगिताको मार्केटिङका लागि मात्र लिगको मिति तय गर्ने सहमति भएको थियो। तर, ३ असोजमा सुरु नै गर्ने सहमति नभएको एन्फा स्रोतको भनाइ छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

‘यो मिति मार्केटिङका लागि मात्रै हो। लिग खेलाउने बिषयमा छलफल गर्न छिट्टै सम्पूर्ण क्लबहरुसँग बैठक बस्ने निर्णय गरेका थियौं। त्यसपछि कुनै बैठक बोलाइएको छैन,’ एक पदाधिकारीले भने। तर, लिग सञ्चालनका लागि बैठक नै नबसी ए डिभिजन क्लबहरूलाई १० साउनसम्म टिम दर्ता गर्न एन्फाले इमेल पठाएको उनी बताउँछन्।

केही क्लबले खेलाडी अनुबन्ध पनि सुरु गरिसकेका छन्। खेलाडी अनुबन्ध गरेपछि ‘लिग सुरु नहुँदासम्म घरैमा बस र सुरु भएपछि मात्र आऊ’ भन्न नमिल्ने जावलाखेल युथ क्लबका अध्यक्ष महेन्द्र क्षेत्री बताउँछन्। ‘उपत्यकाका खेलाडी मात्रै क्लबले भित्र्याउने होइन, बाहिरका पनि हुन्छन्। अनुबन्ध गरेपछि होस्टेलमा राख्नुपर्छ। खर्च बढ्छ। त्यसमाथि कोरोनाकालमा स्थानीय तहबाट समेत हामीलाई यस्तो स्वीकृति छैन। यसरी एकोहोरो निर्णय गरेर हुन्छ त?’ उनी भन्छन्।

उनका अनुसार लिग सञ्चालन गर्न र क्लबका खेलाडीलाई होस्टेलमा राखेर अभ्यास थाल्नको लागि एन्फाले कुनै निकायबाट स्वीकृति लिएको छैन। ‘असोजबाट लिग हुन्छ भन्नेले त सरकारबाट स्वीकृति लिएर सहजीकरण गर्दिनुपर्‍यो नि। सहजीकरण नगर्दिने, अनि लिग गराउँछौं भनेकै भरमा त्यही दिन मैदान उत्रिएर खेल्न सकिने अवस्था हुँदैन,’ उनी भन्छन्।

यता, थ्री स्टार क्लबका महासचिव सञ्जिव शिल्पकार कोरोना महामारीमा खेलाडी र पदाधिकारीको परिवार लगायतमा पनि जोखिम आउने भएकाले लिग केही समयका लागि सार्नुपर्ने बताउँछन्। ‘महामारी अझै नियन्त्रण भइसकेको छैन। खोप नआइसकेको हुनाले खेलाडीदेखि पदाधिकारीको परिवारलाई पनि जोखिम छ। यस्तो अवस्थामा फुटबल गर्न एन्फाले जिद्दी गर्दा पछि आउने जोखिमको पनि जिम्मेवारी लिनुपर्छ,’ उनले भने।

राष्ट्रिय लिगले थप समस्या
एन्फाले ए डिभिजन लिग र राष्ट्रिय लिग सँगैसँगै लैजाने प्रस्ताव गरेको छ। तर, ए डिभिजनका १४ मध्ये अधिकांश क्लबले सहमति जनाएका छैनन्। अघिकांश क्लबले दुईवटा लिग सँगै लैजाने प्रस्ताव फुटबलको हितमा नहुने र कोरोना महामारीको समयमा सम्भव नहुने बताएका छन्।

कोरोनाका कारण गत सिजनको ए डिभिजन लिग र राष्ट्रिय लिग रोकिएको थियो। एन्फा ‘प्रेसिडेन्ट कप’का शीर्ष चार क्लबलाई राष्ट्रिय लिगमा मौका दिने एन्फाको तयारी छ। एन्फाले जिल्ला, प्रदेश हुँदै एन्फा प्रेसिडेन्ट लिगबाट शीर्ष चारमा उक्लिएका क्लबलाई राष्ट्रिय लिगका लागि छनोट गरेको छ।

गत सिजनको ए डिभिजन लिग विजेता मछिन्द्र क्लब, उपविजेता त्रिभुवन आर्मी फुटबल क्लब, नेपाल पुलिस क्लब, मनाङ मस्र्याङ्दी क्लब, थ्रीस्टार क्लब र जावलाखेल युथ क्लबले राष्ट्रिय लिगमा प्रतिनिधित्व गर्नेछन्।

यस्तै, नेपालगञ्जमा आयोजना भएको ‘प्रेसिडेन्ट कप’बाट सुदूरपश्चिमको स्टार सिटी युवा क्लब (कैलाली), लुम्बिनी प्रदेशको धम्बोझी क्लब (नेपालगञ्ज), प्रदेश नम्बर २ को मनकामना युवा क्लब (रौतहट), गण्डकी प्रदेशको त्रिवेणी युवा क्लब (लमजुङ) राष्ट्रिय लिगका लागि छनोट भएका छन्।

एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा उपाध्यक्षद्वय शिक्षित पराजुली र उपेन्द्रमान सिंह, महासचिव इन्द्रमान तुलाधर, सहमहासचिव अरुणमान जोशी र लिग कमिटीका प्रतिनिधि सम्मिलित बैठकले दुवै लिग सँगै लैजाने प्रस्ताव गरेको हो। तर, ए डिभिजन लिगका अधिकांश क्लबले अस्वीकार गरेका छन्। दुवै लिग सँगै हुँदा शीर्ष ६ मा नरहने क्लबका लागि खेलाडी अनुबन्धको समय धेरै हुने र लिग भरी कोरोना मापदण्ड अनुसार खेलाडी पाल्न गाह्रो हुने न्यूरोड फुटबल टिम (एनआरटी) का प्रशिक्षक राजुकाजी शाक्य बताउँछन्।

प्रशिक्षक राजुकाजी शाक्य

‘आज खेल्यो अनि दुई दिनपछि ती ६ क्लबले तत्कालै राष्ट्रिय लिग त खेल्दैनन् होला। यसले गर्दा हामीलाई त असहज हुन्छ नि। यसरी खेलाडी व्यस्त त होलान्, तर इन्जुरी हुने क्रम पनि बढ्छ र लिगमा समस्या उत्पन्न हुन्छ,’ उनी भन्छन्।

दुवै लिग एकै पटक हुँदा लिगको रौनक र अस्तित्व नै नरहने उनको बुझाइ छ। ‘नेपाली फुटबलको मेरुदण्डको रुपमा रहेको ए डिभिजन लिग र राष्ट्रिय लिग फुटबल प्रतियोगिता एकैचोटी काठमाडौंमा गर्ने एन्फाको प्रस्ताव मोसफलमा रहेका र उपत्यकामा रहेका क्लबहरुलाई समाप्त गर्ने पहिलो कदम हुनेछ।  फुटबल विकास चाहने हो भने राष्ट्रिय लिगलाई ‘होम एण्ड अवे’ नै गराउनुपर्छ। सहरकेन्द्रित गर्ने एन्फाको प्रस्तावमाथि सहमत हुने अवस्था छैन,’ उनले भने।

यता, मछिन्द्र क्लबका प्रतिनिधि तथा व्यवस्थापक अनिल श्रेष्ठ एन्फाको प्रस्ताव फुटबल मर्म विपरीत भएको बताउँछन्। ‘फुटबल हुनु राम्रो हो। दुवै लिग एकैपटक हुँदा क्लब र एन्फालाई फाइदा पुग्ला, तर फुटबल फ्यानलाई यसले राम्रो गर्दैन। फुटबल फ्यानले राष्ट्रिय लिग र ए डिभिजन लिग फरक फरक तरिकाले हेर्छन्। फरक खेलाडी फरक क्लबमा भएको हेर्न चाहन्छन्’ उनले भने।

जावलाखेल युथ क्लब भने दुवै लिग एकै पटक भए आफूले नाम समेत फिर्ता लिने तयारीमा छ। ‘आर्थिक स्रोतमा हामी अब्बल हैनौं। क्लबलाई कारबाही नभए नाम फिर्ता लिने तयारीमा छौं। एकैपटक दुई लिग हुँदा रौनक हुँदैन,’ क्लबका एक प्रतिनिधिले भने।

लचिलो बन्यो एन्फा, वार्ताका लागि तयार
चार क्लबको संयुक्त पत्रपछि एन्फा हच्किएको छ। १ साउनमा नेपाल लाइभसँको कुराकानीमा एन्फा महासचिव तुलाधरले ए डिभिजन लिग तयारीका लागि क्लबहरुलाई २० लाखभन्दा बढी दिन नसक्ने बताएका थिए। ‘पहिल्यैदेखि २० लाख दिँदै आएका छौं, अहिले आएर यसलाई बढाएर दिन सक्दैनौं,’ उनले भनेका थिए, ‘महानगरपालिका र नगरपालिकाले पनि सहयोग गर्छ। स्पोन्सरबाट पनि कमाउँछन्। हाम्रो बजेट भनेको २० लाख मात्रै हो, योभन्दा बढी छुट्याएका छैनौं।’

तर, चार क्लबले लिग नै नखेल्ने संकेत गरेपछि उनको भनाइ फेरिएको छ। एन्फाले दिने रकम आवश्यकताअनुसार बढाउन सक्ने उनी बताउँछन्। ‘समस्या के हो भनेर उहाँहरुले राख्नु भएको छैन। बैठकमा पनि हामीले यति नै सहयोग दिन्छौं भनेर भनेका छौंनौं। त्योभन्दा बढी दिन पनि सकिन्छ,’ उनले भने, ‘अर्को कुरा राष्ट्रिय लिग खेल्न बाहिरबाट आउने टोलीलाई बढी र उपत्यकामै रहेकालाई कम रकम दिने भन्ने हुँदैन, सबै हाम्रो नजरमा बराबर हो। यस बिषयमा आइतबार बैठक बसेर निर्णय गर्छौँ।’

उनका अनुसार यसपटक लिग विजेतालाई दिइने रकमसमेत बढाइने छ। ‘विगतमा हामीले ५० लाख दिँदा ५ लाख कर तिर्नुपर्थ्यो र विजेताको हातमा ४५ लाख पर्थ्यो। तर, करवापतको ५ लाखको जिम्मेवारी हामी स्वयंले वहन गरेर ५० लाख नै दिने भनेका छौं,’ उनले भने।

उनले राष्ट्रिय लिग ‘होम एण्ड अवे’ गराउन एन्फा सक्षम रहेको भन्दै यसका लागि क्लबहरुसँग छलफल गर्ने बताए। ‘काठमाडौंमा आयोजना गर्नुपर्छ भन्ने छैन। हामीसँग पोखरामा रंगशाला छ, विभागीय टिमको पनि रंगशाला छ। कोरोना खोप खेलाडीले लगाएपछि दशरथ रंगशालामै मात्र फुटबल सिमित गर्छौं भनेर सोचेका छैनौं। हामी क्लबहरुको प्रस्ताव स्वीकार गर्न तयार छौं,’ उनले भने।

एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा

एन्फा अध्यक्ष शेर्पाले कोरोना महामारीको अवस्था सामान्य हुँदै गएको र सबै खेलाडीले कोरोना खोप लगाइसकेको अवस्थामा मात्र लिग गर्ने भएकाले महामारीको जोखिम नहुने बताए। ‘एकवर्ष नभएको लिग लगातार दोस्रो वर्ष पनि गर्न नपाउँदा राम्रो सन्देश जाँदैन। खेलाडी र फुटबल समर्थकका लागि पनि लिग आवश्यक छ। कोरोना महामारी बिस्तारै नियन्त्रण हुँदै गएको छ। सबै खेलाडीले खोप लगाइ सक्नेछन्। त्यसपछि जोखिम झनै कम हुनेछ र लिग गराउने छौं,’ उनले भने।

स्वास्थ्य सुरक्षाको सबै मापदण्ड अपनाइएको कारण लिग सञ्चालन गर्न डराउनुको कारण नरहेको उनको भनाइ छ। ‘क्लबहरूसँग गरिएको बैठकमा खेलाडीलाई खोप लगाउने, प्रत्येक खेलअघि पीसीआर टेस्ट गर्ने, पोजिटिभ भए आइसोलेसन व्यवस्थान गर्ने सहमति भएको छ,’ उनले भने।  

शेर्पाले खेलाडीको भविष्यमाथि नै खेलबाड हुने भन्दै लिग गतिविधिको विषयमा असन्तुष्टि जनाएका चार क्लबले पनि खेल्ने विश्वास व्यक्त गरे। ‘ए डिभिजन लिगमा एक क्लब र प्रतिनिधि मात्र नभएर खेलाडीको भविष्यको कुरा छ। लिग नखेल्ने क्लबहरू स्वतः रेलिगेसनमा जानेछन्। त्यसैले पनि एक वर्षमा एकपटक हुने लिगका लागि आनाकानी गर्ने बानीलाई हटाउनुहुन्छ भन्ने विश्वास छ,’ उनले भने।

खेलाडीको भविष्य बिगार्ने काम गर्नुहुँदैन : लिग निर्देशक सञ्जीव मिश्र
क्लब र एन्फाले आ–आफ्नो जिद्दी छाड्नुपर्छ। दुवै पक्षले फुटबलको विकासको लागि सोच्ने हो। ‘मेरो गोरुको बाह्रै टक्का’ गर्न उचित हुँदैन।

समस्याबारे एन्फाले क्लबका पदाधिकारीलाई बोलाएर छलफल गर्नुपर्छ। उपयुक्त समय नभए केही पछाडि पनि धकेल्नु पर्छ। यसरी विवाद बढ्दै गए सयौं खेलाडीको भविष्य अन्यौलमा हुन्छ।

यता, क्लबले पनि एन्फाको समस्यालाई बुझिदिनुपर्छ। हामी आफ्नै खर्चमा फुटबल गतिविधि सञ्चालन गर्न सक्दैनौं। फिफा र एसियाली फुटबल महासंघ (एएफसी)को अनुदानबाट चलेका छौं। फिफा र एन्फाको क्यालेन्डर जानकारी नभएको पदाधिकारी त क्लबमा छैनन् होला। एन्फाले फिफाकै निर्देशन अनुरुप लिग सञ्चालन नगर्दा के हुन्छ भनेर पनि उनीहरुलाई थाहा छ।

फिफा र  एएफसीले अन्तर्राष्ट्रिय लिगहरु छोट्याएर खेलाएको छ। फुटबललगायत सबै गतिविधि रोकिएको छैन। स्वास्थ्यको मापदण्डहरु पालना गरेर फुटबल खेलाउन नसक्ने अवस्था होइन। हामीले खोप लगाएर र मैदान ‘सेनिटाइज’ गरेर लिग खेलाउन सक्छौं। एन्फाको निर्णय मान्दैनौं भन्ने घमण्डले फुटबलको संरचना नै कमजोर बनाउँछ।

लिग निर्देशक सञ्जीव मिश्र

६ महिना सञ्चालन गर्नुपर्ने लिग हुन नसकेर खेलाडी नै फुर्सदमा देखिएका छन्। सयौं खेलाडी खेलबाटै पेट पालिरहेका छन्। यसरी उनीहरुको रोजीरोटी खोस्ने काम कतैबाट हुनुहुँदैन।

खेलाडी मैदानमा व्यस्त हुन नपाउँदा आगामी दिनमा नेपालले खेल्नुपर्ने साफ च्याम्पियनसिप र एएफसी कपको प्रदर्शनमा असर पर्ने देखिन्छ। हामीले खेलाडीको कलाकौशललाई निखार्नका लागि उनीहरुलाई व्यस्त बनाउनु पर्छ। फुटबलमा गति लिइसकेका देशमा लिग कम्तिमा १० महिना हुन्छ। अन्तर्राष्ट्रिय खेल खेल्दा १०/१५ दिन सैद्धान्तिक कुरा सिकाउने हो। चार-पाँच महिना क्याम्पमा राखेर खेलाडी तयार गरेको कतै सुन्न पाइन्छ त?

एक खेलाडी एउटा सिजनभरि एउटै क्लबमा हुनुपर्‍यो। काठमाडौंको एक प्रतियोगितामा एक क्लबमा छिर्‍यो, अर्को प्रतियोगितामा अर्कै र मोफसलमा गएर अर्कै क्लबमा खेल्ने नहोस् भनेर नै ए डिभिजन लिग र राष्ट्रिय लिग सँगै गर्नु परेको हो।

प्रकाशित मिति: शनिबार, साउन ९, २०७८  १२:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीप सुवेदी
लेखकबाट थप
प्रशिक्षकको रणनीतिमै अलमल्ल खेलाडी!
जम्न नसकेका ज्ञानेन्द्र 
ताेकिएकै समयमा नेपाल टी-२० आयाेजना हुनेमा आशंका, क्यान भन्छ- कुनै बहानामा सर्दैन
सम्बन्धित सामग्री
सन्न्यासपछि मेसीको २ गोल लिओनल मेसीले दुई गोल गरेपछि इन्टर मियामीले अमेरिकी मेजर लिग सकर (एमएलएस) मा आइतबार बिहान डीसी युनाइटेडलाई ४–० ले पराजित गरेको छ। आइतबार, असोज २५, २०८३
नेपालको फिफा वरीयता एक स्थान खस्कियो विश्व फुटबलको सर्वोच्च निकाय फिफाबाट निलम्बित नेपालको विश्व वरीयतामा नेपाल एक स्थान तल झरेको छ। बिहीबार, असोज २२, २०८३
राष्ट्रिय टोलीबाट सन्न्यास लिने पक्षमा छैनन् रोनाल्डो पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय टोलीबाट तत्काल सन्न्यास लिने कुनै योजना नरहेको स्पष्ट पारेका छन्। प्रशिक्ष... बुधबार, असोज २१, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्